प्रधानमन्त्रीद्वारा कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्रीद्वारा कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन (फोटो फिचर)


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडियाको भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिल्भर पेगोडा लगायत कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोको   भ्रमण गरेका छन् ।

‘वाट प्रिया केओ’ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भर्‍याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो ।

यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकनका झलक

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोकनका क्रममा भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियास्थित राष्ट्रिय संग्रहालय भ्रमणपछि त्यहाँका प्रमुखबाट मायाको चिनो प्रदान ।

 

कम्बोडियाको राष्ट्रिय संग्रहालयमा राखिएको गणेश मूर्ति ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ३२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा