भित्री वस्त्रविना नै समाचार पढेपछि भाइरल बने यी ‘न्यूज एंकर’ « Khabarhub

भित्री वस्त्रविना नै समाचार पढेपछि भाइरल बने यी ‘न्यूज एंकर’


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दा अचम्म लाग्ला, हेर्दा झन चकित पार्छ । तर वास्तविकता हो । अल्बानियाको एक टेलिभिजनमा कार्यरत समाचार प्रस्तोताले भित्रि वस्त्र विना नै समाचार वाचन गर्छन् ।

अल्बानियाको ‘फायर’ टेलिभिजनले यस्तो नियम ल्याएको तीन वर्ष भयो । पहिले–पहिले पुरै कपडा लगाएर समाचार वाचन गरिने भए तापनि तीन वर्ष यता भने सवै ‘न्यूज एंकरहरु’ले भित्री वस्त्र विना नै समाचार वाचन गरिरहेका छन् ।

रमाइलो कुरा त के छ  भने समाचार पढ्ने सवैलाई समान नियम बनाइएको छ । चाहे पुरुष होस् वा महिला नै किन नहुन् भित्री वस्त्र विना नै समाचार वाचन गर्नुपर्छ ।

तीन वर्ष पहिलेदेखि यसरी समाचार वाचन गर्ने नयाँ तरिका ल्याइए पनि केही समय यता यो टेलिभिजनमा कार्यरत एक समाचार वाचिक भने अहिले निकै भाइरल भएकी छिन् ।

उनको समाचार पढ्ने शैलीले भन्दा पनि भित्री वस्त्र विनाको समाचार वाचनले चर्चा बटुलेकी हुन् । उनी हुन्– २४ वर्षीया ग्रेटा होक्सा ।

समाचार वाचनका क्रममा उनले एउटा ब्लेजरमात्र लगाएकी हुन्छिन् । शुरुमा उनी केही हेडलाइन पढ्छिन् । उनको पहिरनले भित्री अंग छोप्न मुस्किल परिरहेको अवस्था हुन्छ ।

समाचार पढ्नु अगाडि उनले भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु ? हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’

यो टेलिभिजन च्यानलले समाचारको प्रभाविकारिताका लागि तीन वर्षको अवधिमा होक्सा जस्ता धेरै समाचार प्रस्तोता तयार पारिसकेको छ । त्यस्तै, होक्सालाई माथ खुवाउने समाचार प्रस्तुत गर्थिन् अर्की समाचार वाचिका– इन्की ब्राकाज ।

समाचार वाचनको समयमा उनी झन बोल्ड बन्थिन् । बोल्ड शरीरकै कारण ‘प्लेब्वाई म्यागेजिन’मा तस्वीर खिचाएपछि उनले टेलिभिजनको जागिरबाट हात धुनु परेको थियो । टेलिभिजनको नियम उलंघन गरेको भन्दै उनलाई टेलिभिजन व्यवस्थापनले  जागिरबाट निकालिदिएको थियो ।

यो टेलिभिजनमा कार्यरत प्रमुख प्रस्तोताहरु टपलेस भएर समाचार वाचन गर्दा हुनसक्ने सम्भावित दुर्घटनाप्रति व्यवस्थापक कत्ति पनि चिन्तित छैनन् । किनकी अहिलेसम्म कुनै घटना घटेको पनि छैन र त्यहाँका स्थानीयले समेत समाचारको नयाँ शैलीलाई साथ दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३७ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा