फिल्म लेखन कार्यशाला हुने, उत्कृष्टलाई १ लाख « Khabarhub

फिल्म लेखन कार्यशाला हुने, उत्कृष्टलाई १ लाख


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले फिल्मको स्किृप्ट लेखन कार्यशाला गर्ने भएको छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा राम्रा लेखक नभएको गुनासो आइरहेका बेला कार्यशालाको आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार कार्यशालामा बलिउड, हलिउड र चिनियाँ फिल्म क्षेत्रका लेखक ल्याएर कार्यशाला गर्न लागिएको हो । कार्यशाला आउँदो अगस्त २१ देखि २७ सम्म हुने आयोजकले जनाएको छ । कार्यशाला मकवानपुरको इन्द्र सरोवर, कुन्साल वा चित्लाङमध्ये कुनै एक ठाउँमा गराइने कार्यक्रमका संयोजक केपी पाठकले जानकारी दिए ।

‘कार्यशालामा ६० जनासम्म सहभागी गराउने योजनामा छौं, आवेदन दिएकामा फाइनल छान्नेछौं,’ संयोजक पाठकले भने । नेपालमा यस्तो खाले कार्यशालाको आवश्यकता देखेर नै कार्यक्रम गर्न लागिएको पनि उनले बताए । सहभागिता जनाउनका लागि नेपालीले १० हजार र विदेशीले १ सय ५० डलर बुझाउनुपर्ने छ ।

एक हप्ता लामो कार्यशालापछि सहभागीलाई एउटा स्किृप्ट लेख्न लगाइनेछ । र, उत्कृष्ट स्किृप्टलाई लघु चलचित्र निर्माणका लागि १ लाख प्रदान गरिने आयोजकले जनाएको छ । साथै निर्माण भएको फिल्मलाई सन् २०२० मा हुने तेस्रो संस्करणको निफ फिल्म फेस्टिभलमा सहभागी गराइने छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : १० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको