फिल्म लेखन कार्यशाला हुने, उत्कृष्टलाई १ लाख « Khabarhub

फिल्म लेखन कार्यशाला हुने, उत्कृष्टलाई १ लाख


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले फिल्मको स्किृप्ट लेखन कार्यशाला गर्ने भएको छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा राम्रा लेखक नभएको गुनासो आइरहेका बेला कार्यशालाको आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार कार्यशालामा बलिउड, हलिउड र चिनियाँ फिल्म क्षेत्रका लेखक ल्याएर कार्यशाला गर्न लागिएको हो । कार्यशाला आउँदो अगस्त २१ देखि २७ सम्म हुने आयोजकले जनाएको छ । कार्यशाला मकवानपुरको इन्द्र सरोवर, कुन्साल वा चित्लाङमध्ये कुनै एक ठाउँमा गराइने कार्यक्रमका संयोजक केपी पाठकले जानकारी दिए ।

‘कार्यशालामा ६० जनासम्म सहभागी गराउने योजनामा छौं, आवेदन दिएकामा फाइनल छान्नेछौं,’ संयोजक पाठकले भने । नेपालमा यस्तो खाले कार्यशालाको आवश्यकता देखेर नै कार्यक्रम गर्न लागिएको पनि उनले बताए । सहभागिता जनाउनका लागि नेपालीले १० हजार र विदेशीले १ सय ५० डलर बुझाउनुपर्ने छ ।

एक हप्ता लामो कार्यशालापछि सहभागीलाई एउटा स्किृप्ट लेख्न लगाइनेछ । र, उत्कृष्ट स्किृप्टलाई लघु चलचित्र निर्माणका लागि १ लाख प्रदान गरिने आयोजकले जनाएको छ । साथै निर्माण भएको फिल्मलाई सन् २०२० मा हुने तेस्रो संस्करणको निफ फिल्म फेस्टिभलमा सहभागी गराइने छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : १० बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको