काठमाडौं– प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पूर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ बर्षको उमेरमा जेठ ३१ गते शुक्रबार (आज) बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।
अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया