१ हप्ता लामो चीन भ्रमणमा जाँदै प्रधानसेनापति थापा « Khabarhub

१ हप्ता लामो चीन भ्रमणमा जाँदै प्रधानसेनापति थापा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका महारथी (प्रधानसेनापति) पूर्णचन्द्र थापा १ साता लामो मैत्रीपूर्ण भ्रमणका लागि चीन जाने भएका छन् ।

प्रधानसेनापति थापा असार १ देखि ७ गतेसम्मका लागि चीन भ्रमणमा जान लागेका हुन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा थापा चीन जान लागेका हुन् ।

प्रधानसेनापति थापाका साथ उनकी धर्मपत्नी दिपा थापा तथा नेपाली सेनाका कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना चीन भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति थापाले चीन भ्रमणको क्रममा त्यहाँको सैनिक संगठन तथा संरचनाको निरीक्षण, ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने र सेना तथा सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : ०३ बजे

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख