भाषा परीक्षाभन्दा सीप परीक्षणको अंक बढी, ईपीएस पास भएपछि फेरि जाँच « Khabarhub

भाषा परीक्षाभन्दा सीप परीक्षणको अंक बढी, ईपीएस पास भएपछि फेरि जाँच


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जाने श्रमिकले भाषाभन्दा सीप परीक्षणको परीक्षा बढी अंकको दिनुपर्ने भएको छ ।

सन् २०२० का लागि कोरियन भाषा परीक्षामा सहभागि भइ उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षण धेरै अंकको दिनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाले जानकारी दिएको छ । सन् २०२०का लागि कोरिया जान चाहनेले गत हप्ता परीक्षा दिएका थिए । परीक्षाको नतिजा असार १३ गते प्रकाशन हुनेछ ।

कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । अब उक्त भाषा परीक्षामा पास भएको खण्डमा १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागि हुनुपर्ने छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । अब उक्त परीक्षा पास भएको खण्डमा सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने शाखाले जानकारी दिएको छ ।

गत वर्षहरुमा भाषा परीक्षा पास गरेका परीक्षार्थीहरुको सामान्य सीप परीक्षण गरिँदै आएको थियो । तर, अब भने भाषा परीक्षा पास गरेपछि सीप परीक्षण अनिवार्य पास गर्नुपर्ने छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो । उक्त कोटाका लागि ८४ हजारभन्दा बढी युवाले कोरियन भाषा परीक्षा दिएका छन् ।

कोरियन भाषासँगै सीप परिक्षण पनि अनिवार्य गरिएको शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए ।

विगतका वर्षमा जस्तो कोरियन भाषा पास हुँदै सामान्य सीप परीक्षण गराएर अब कोरियाको रोजगारीमा जाने पाउने अवस्था नभएको प्रमुख खनालले बताए ।

‘भाषा उत्तीर्ण भएपनि सीप परीक्षणमा असफल भए रोजगारीका लागि कोरिया जान मिल्दैन’ प्रमुख खनालले भने,‘भाषासँगै सीप परीक्षण पनि उत्तीर्ण गर्नुपर्छ । कोरियाको मानव सशाधन केन्द्रले भाषालाई भन्दा सीप परीक्षणलाई जोड दिइरहेको छ । भाषा परीक्षा पास भएर रोजगारीका लागि कोरिया पुगेका कामदारलाई उता पुगेर समस्या नहोस् भनेर सीप परीक्षणलाई प्रथामिकतामा राखिएको हो ।’

भाषा परीक्षा भन्दा सीपको धेरै आवश्यकता हुने उनको भनाइ छ ।

नेपालबाट भाषा परीक्षा पास भएर गएका श्रमिकमा कोरिया पुगेपछि काम गर्न नजान्न समस्या उत्पन्न हुने गरेको शाखाले जनाएको छ । पछिल्लो समय सीप नभएका युवा वैदेशिक रोजगारीमा जादाँ कार्यस्थलमा अंगभंग हुने र मृत्युसमेत हुने गरेको छ ।

भाषा मात्र अध्ययन गरेर कोरिया पुगेका युवामा पनि यस्तो समस्या देखिएपछि कोरिया सरकारले सीप परीक्षण अनिवार्य गर्ने लागिएको हो ।
पछिल्लो समय कोरियन भाषामार्फत रोजगारीमा जाने नेपाली युवाको आकर्षण बढ्दो छ । देशमा रोजगारीको अवसर नभएका कारण कोरिया जान चाहेको भाषा परीक्षामा सहभागीहरुले बताएका थिए ।

बार्षिक १० हजारको हाराहारीमा युवाहरु इपीएसका माध्यमबाट कोरिया पुग्ने गरेका छन् ।

हाल, कोरियामा ४० हजारभन्दा धेरै नेपाली युवा रोजगारीमा कार्यरत रहेका शाखाले जनाएको छ । सन् २००८ यता ६० हजार युवा कोरियन भाषा उत्तीर्ण गरि रोजगारीका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : २२ बजे

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर