‘संस्कृति नै जोगिएन भने यो देश कसरी जोगिन्छ ?’ « Khabarhub

‘संस्कृति नै जोगिएन भने यो देश कसरी जोगिन्छ ?’


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा भएका कतिपय प्रावधानलाई लिएर विरोध भइरहेको छ ।

गुठी सम्बन्धी सरोकारवाला र नेवार समुदायले काठमाडौंमा गुठी सम्बन्धी विधेयकको विपक्षमा आन्दोलन गरिरहेका छन् । सरोकारवालाहरुको आन्दोलमा सरकारले धरपकड गरेको र आन्दोलकारीको टाउकोमा डन्डा वर्षाएको भन्दै संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले चर्को विरोध गर्‍यो ।

सरोकारवालाहरु भने आफ्ना माग सुन्न सरकारलाई सडकबाट झक्झकाउन भने छोडेका छैनन् । बरु झनै आँटिला भएका छन् । उनीहरु नियमितजसो गुठी विधेयकको विरोधमा आन्दोलन गरिरहेका छन् । आफ्नो आवाज सुन्न सरकारलाई बाध्य पार्न झनै बुलन्द बन्न खोजेका छन् ।
उनीहरुको तर्क छ – ‘यदि गुठी विधेयक पारित भयो भने देशभरका ऐतिहासिक सम्पदाहरु मासिन्छन् ।’

उनीहरुको यो माग अहिलेदेखिको होइन । गायक समेत रहेका योगेश्वर अमात्य पनि गुठी सम्बन्धी विधेयकको विरोधमा उत्रिएका छन् । उनी भन्छन्, ‘हामीले देख्दादेख्दै कति गुठीहरु मासिए, संरक्षण गर्नुपर्नेमा उल्टो मासिएका छन्, यसरी नै मासिँदै जाने हो भने भोलि हाम्रो संस्कृति के होला ?’

बिहीवार पनि गुठी विधेयक खारेज हुनुपर्ने आवाज उठाउँदै शान्तिपूर्ण आन्दोलन गरिएको थियो ललितपुरको मंगलबजारमा । गायक योगेश्वर अमात्यले प्रहरीलाई पुष्प गुच्छा बाँडिरहेका थिए । उनी भन्दै थिए, ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ, दमन नगरिदिनुहोला है !’

उनले यस्तो आग्रह किन पनि गरिरहेका थिए भने प्रहरीले आइतवार माइतीघरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका सरोकारवालामाथि पानीको फोहरा बर्साएको थियो । ‘खासमा हामीले माइतीघरमा पनि शान्तिपूर्ण आन्दोलन गरेका थियौँ तर प्रहरीले दमन ग–यो,’ अमात्य सुनाउँछन् ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ भनेर प्रहरीलाई भन्न चाहन्थ्यौँ, प्रहरी साथीहरुले पनि खुशी हुँदै हाम्रो फूल लिइदिनुभयो,’ योगेश्वर भन्छन् ।

उनको भनाइमा सरकारले गुठीको वास्तविकता बारे बुझ्नै खोजेको छैन । आफूले १५ वर्षअघि नै गुठी संस्थान खारेज हुनुपर्ने धारणा अघि सारेको पनि योगेश्वर सुनाउँछन् । ‘मैले उतिबेलै बुझेँ नि, संस्कृति जोगाउन त गुठी जोगाउनुपर्ने रहेछ ।’

संस्कृति मासिँदै गएको चिन्ता नेवार समुदायलाई मात्र होइन, अरु समुदायलाई पनि छ । ‘बराजुहरुले पूजाआजा र अन्य प्रयोजनका लागि गुठीलाई छुट्याए, अहिले भूमि सुधारले सबै गुठीलाई मास्ने विधेयक ल्यायो, धेरै नराम्रो भयो,’ अमात्य भन्छन् ।

पछिल्लो समय निरन्तर रुपमा गुठी विधेयकको विरोधमा खुलेर उत्रिएका छन् योगेश्वर ।

‘हामीलाई एकदमै गाह्रो भयो, खासमा नेवार संस्कृति हाम्रो मात्र संस्कृति होइन, राज्यको पनि संस्कृति हो, धेरै गुठीहरु बिलाइसके, भएका गुठीमा पनि सरकारले अंकुश लगाउन खोज्दैछ,’ योगेश्वर भन्छन्, ‘धर्म नै रहने भने हाम्रो देश दलदलमा फस्छ, गुठी परम्परा हामीलाई जोड्ने आस्था पनि हो नि !’

योगेश्वर गुठीहरु जग्गा नभएको बताउँछन् । गुठीहरु समुदायको साझा सम्पत्ति हो । सरकारले ल्याउन लागेको विधेयकले भू–माफियाहरुलाई जग्गा बेच्न सहज हुने गरी विधेयक ल्याउन खोजिएको उनी बताउँछन् र ‘सरकारले दमन गर्नु राम्रो हुँदैन जस्तो लाग्छ, खासमा यो हाम्रो संस्कृति हो ।’

‘अङ्ग्रेजीमा गुठी भनेको ‘कम्युन’ हो, कम्युनिस्ट सरकार नै यसको विरोधमा गएको पटक्कै सुहाएन,’ उनी बहुमतको सरकारसँग गुनासो पोख्छन् ।

‘यो सबै खेल भ्रष्ट कर्मचारीको हो, सबै भ्रष्ट छन् भन्ने हैन, तर केहीले आफ्नो फाइदाका लागि यस्तो विधेयक पारित गर्न लागेका छन्, नक्कली मोही खडा गरेर मठ मन्दिरको जग्गा बेच्ने प्रयास हुँदैछ,’ अमात्य भन्छन् ।

‘सरकारले राष्ट्रपतिको सवारी हुँदा घण्टौँ सडक जाम गर्छ, हामीमाथि पानी खन्याउँछ, आखिर हामी पनि यही देशका जनता हौँ नि !,’ योगेश्यर भन्छन्, ‘अब ४ गते माइतीघरमा झन् ठूलो विरोध हुँदैछ, अब त यो आन्दोलन रोकिन्छ झैँ लाग्दैन ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ३ : २३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या