जनचेतनाको कमीले रक्तदाताको अभाव « Khabarhub

जनचेतनाको कमीले रक्तदाताको अभाव


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ ।

विश्व रक्तदाता दिवसकै अवसर पारेर शुक्रबार काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट शुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताइन् । उनले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गरिन् ।

चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन । रगत दान गर्दा कुनै असर नपर्ने पनि डा. झाले बताइन् ।

प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त संचार व्यूरोकै व्यवस्था गरेको छ ।

नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरे पनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ । तर जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको डा. झाले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ४२ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई