अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम « Khabarhub

अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल खबर बाहिरिएको छ कि, जोन अब्राहम अब नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् ।

खबरका अनुसार दक्षिण भारतीय फिल्म ‘वेदलम’ को रिमेकमा जोन अब्राहमले अभिनय गर्ने भएका छन् । वास्तविक फिल्ममा दक्षिण भारतीय अजित कुमारले अभिनय गरेका थिए ।

भारतीय मिडियाका अनुसार भुषण कुमार निर्माण गर्नेछन् । यो फिल्मको हिन्दी रिमेक बनाउन उनले अनुमति लिइसकेका छन् । यो फिल्ममा काम गर्नमा चासो देखाएका छन् । फिल्मको निर्देशन कसले गर्ने र अन्य कलाकार को को हुने भन्ने भने अझै तय भएको छैन ।

दक्षिण भारतीय फिल्म ‘वेदलम’ मा अजितसँगै श्रुति हसन पनि देखिएकी थिइन् । यो फिल्मको बंगला भाषामा पनि रिमेक भइसकेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ६ : ११ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार