असान्जबारेको पूर्ण सुनुवाई आगामी फेब्रुअरीमा हुने « Khabarhub

असान्जबारेको पूर्ण सुनुवाई आगामी फेब्रुअरीमा हुने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकासमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले बताएका छन् ।

अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उनीविरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ ।  अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै आएको छ भने बेलायतले यसबारे तत्काल कुनै जवाफ दिएको छैन ।

अमेरिकाले ४७ बर्षीय असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका गोप्य फाइलहरू सार्वजनिक गरेर अमेरिकाविरुद्ध जासुसी गरेको दावी गर्दै आएको छ ।

अमेरिकाको अफगानिस्तान र इराकमा भएका वम आक्रमणबारे विकिलिक्सले प्राप्त गरेका सूचनालाई सार्वजनिक गरेको आरोप अमेरिकाले असान्जमाथि लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ०७ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि