मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालनमा « Khabarhub

मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालनमा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- दैनिक नौ घण्टा बन्द हुँदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ ।

चितवन र तनहुँ जोड्ने त्रिशुली नदीमा निर्माण सम्पन्न भएको पक्की पुलको दायाँबायाँ दुवैतर्फको सडकको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने काम तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले यही जेठ १६ देखि ३० सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिएको थियो ।

भित्ता काट्ने काम सम्पन्न भएकाले बिहीबार साँझदेखि नियमित सवारी सञ्चालनमा आएको ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीका मोतीलाल शर्माले जानकारी दिए ।

विसं २०७५ को चैत मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तसम्ममा पुल निर्माणकार्य सम्पन्न गरिएको हो ।

एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । मुग्लिन र आँबुखैरेनी जोड्ने निर्माणाधीन आरसिसी मोटर गुड्ने ‘आर्कब्रीज’ सञ्चालनमा आएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ५३ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना