भदौदेखि स्वदेशी विमानबाटै जापान जान पाइने « Khabarhub

भदौदेखि स्वदेशी विमानबाटै जापान जान पाइने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ ।
आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवर्द्धनको काम अघि बढाएको हो ।

पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन् । अगष्ट महिनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ ।

निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको सङ्ख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो ।

निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानसहित अन्य गन्तव्यमा पनि प्रक्रियाअघि बढाएको छ । चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेबारे गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ०६ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना