भानुजयन्तीमा प्रधानमन्त्रीको शुभकामना « Khabarhub

भानुजयन्तीमा प्रधानमन्त्रीको शुभकामना


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्तको जन्मजयन्तीमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भानुभक्तकै कवितामार्फत शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्-‘रिस राग कपट् छल छैन जाँहाँ
तब धर्म कती छ कती छ याँहाँ।
पशुका पति छन् रखवारि गरी
शिवकी पुरि कान्तिपुरी नगरी।।’
…..
नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरी नेपाली वाङ्मयमा अभूतपूर्व योगदान पुर्याउनु भएका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्तीको हार्दिक शुभकामना !’


नेपाल तथा नेपालीभाषी रहेका विश्वभर आज विविध कार्यक्रम गरी २०६औँ जन्मजयन्ती मनाइँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं १८७१ असार २९ गते भएको थियो।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीतालगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ४५ बजे

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा