खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु « Khabarhub

खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ ।

घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले तुलसीपुर–११ स्थित जनबहारचोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए । घटना हुनुको कारण, घटनामा संलग्न व्यक्तिको पहिचानलगायतका विषयमा विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ३५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र