बाबुको मृत्यु, आमा बिहे गरेर गएपछि तीन बालबालिकाको बिचल्ली, खाने अन्न, लगाउने कपडासमेत छैन « Khabarhub

बाबुको मृत्यु, आमा बिहे गरेर गएपछि तीन बालबालिकाको बिचल्ली, खाने अन्न, लगाउने कपडासमेत छैन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् ।

बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन । उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८, ७र ६ कक्षामा पढ्छन् । “पढ्न मन भएर के गर्ने ?कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ”, हीराले भने ।

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।

उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए । “दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु”, उनले ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : ५८ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज