बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता « Khabarhub

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले जनाएको छ ।

एनईओसीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २० जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १ भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , सिरहामा १ र धनुषामा २ गरी ७ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्मा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ३ मा २०, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ७, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा २ गरी अहिलेसम्म देशभर ४८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा ११ गरी ३५ जना पुगेको छ ।

एनईओसीका अनुसार अनुसार अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।

घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : १२ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,