हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ सार्वजनिक « Khabarhub

हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ सार्वजनिक


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता तथा गायक हरिवंश आचार्यले गीत बजारमा ल्याएका छन् । गायकभन्दा बढी अभिनेताकै रुपमा रुचाइएका आचार्यले मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।

‘बूढो हुन मन छैन’ बोलको गीतमा हरिवंश आचार्यले नै अभिनय गरेका छन् । बुढेशकाल लागेपछि मान्छेको जीवनमा आइपर्ने समस्यालाई शब्दमा उनिएको छ । हरिवंश आचार्यले आफै गीतका शब्द लेखेका छन् भने स्वर पनि उनकै छ ।

लोकशैलीको गीतमा जीवित जलामीको संगीत संयोजन छ । गीतको भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकारको अभिनय रहेको छ भने दीर्घ गुरुङले छायांकन गरेका छन् ।

गीतलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ५९ बजे

राजधानीको टेकुमा आधा सिलिण्डर ग्यास लिनेको लाइन (तस्बिरहरू)

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान– तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै