विश्वकपमा आज नयाँ इतिहास : इंग्ल्याण्ड र न्युजिल्याण्ड कसले मार्ला बाजी? « Khabarhub

विश्वकपमा आज नयाँ इतिहास : इंग्ल्याण्ड र न्युजिल्याण्ड कसले मार्ला बाजी?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व क्रिकेटको महाकुम्भ मेला आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेल आज लण्डनको लड्स मैदानमा हुँदै सम्पन्न हुँदैछ । घरेलु टोली इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनलसँगै ४ वर्षका लागि विश्वकप नयाँ विजेताको टुङ्गो लाग्नेछ ।

इंग्ल्याण्ड र न्युजिल्याण्डले उपाधिमात्रै उचाल्ने छैनन्, भारत, अस्ट्रेलिया पछि आफुपनि क्रिकेटमा विश्व शक्ति केन्द्र भएको सावित पनि गर्नेछन् ।

अहिलेसम्म पाँच पटक उपाधि उचालेको अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको फाइनलमा पुगेको थियो ।

इंग्ल्याण्डले आफुलाई अहिलेसम्म पनि आत्मविश्वासले फाइनलसम्मको यात्रा दिलाएको बताउँदै आएको छ । त्यसो त, इंग्ल्याण्डका खेलाडीले घरेलु मैदानमा आत्मविश्वासका साथ खेले र सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध आक्रामक ब्याटिङ गर्न सफल भए ।

जसमा जोय रुटले उत्कृष्ट ब्याटिङ गरे । सेमिफाइनलमा मात्रै होइन, उनले यो प्रतियोगितामा नै उत्कृष्ट ब्याटिङ गर्दै ५ सय ४८ रन बनाएका छन् । योसँगै उनले न्युजिल्याण्डविरुद्धको फाइनलमा ९९ रन बनाउन सके जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान उनको नाममा जानेछ ।

अहिलेसम्म जारी विश्वकमा सर्वाधिक रनको कीर्तिमान भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माको नाममा छ । जसमा उनले ६ सय ४८ रन बनाएका छन् ।
योसँगै इंग्ल्याण्डलाई आफ्नो क्रिकेट इतिहासमै उपाधि उचाल्ने सुनौलो अवसर पनि हो । अहिलेसम्म उपाधि उचाल्न नसकेको इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ । त्यो पनि नयाँ ‘फाइनलिष्ट’ न्युजिल्याण्डसँग ।

यता, न्युजिल्याण्डको कथा वेग्लै छ । अघिल्लो सिजनमासमेत फाइनलमा पुगेको अस्ट्रेलिया जारी प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्यमा छ । न्युजिल्याण्डलाई सुरुवातमा सबैले शान्त टोलीकै रुपमा हेरेका थिए ।

तर, आफ्नो स्तरका टिमहरुलाई हराउँदै विश्वकपका अगाडि बढेपछि न्युजिल्याण्डले नकआउट चरण पुरा गरेको थियो । तर, सेमिफाइनलमा भारतसँग खेल्दा सहजै पराजित हुने कतिपयको आँकलन थियो । न्युजिल्याण्डले चामत्कारिक प्रदर्शन गर्दै भारतलाई सेमिफाइनलबाटै घर पठाइदियो । त्यतिमात्रै होइन यो विश्वकपमा आफु उपाधिका लागि आएको समेत प्रमाणित गरिसकेको छ ।

अब न्युजिल्याण्डका लागि मात्रै एक खुड्कीलो बाँकी छ । त्यो हो, इंग्ल्याण्डलाई पराजित गर्दै उपाधि उचाल्नु । पाँच पटकको विश्वकपको आयोजना गर्ने जिम्मा पाएको इंग्ल्याण्ड चौथो पटक फाइनलमा पुग्दा जुनसुकै अवस्थामा पनि उपाधि हात पार्न चहान्छ । जे–जस्तो भए पनि आज यी दुई टोलीमध्ये जसले विश्वकपको उपाधि उचाले पनि क्रिकेट विश्वकपका एक नयाँ इतिहास बन्नेछ । एक नयाँ विजेता बन्नेछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ३० बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन