पहिरोमा पुरिएर जाजरकोटमा २ जनाको मृत्यु, ९ जना अझै बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर जाजरकोटमा २ जनाको मृत्यु, ९ जना अझै बेपत्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खल‌ंगा– जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सीमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् ।

खराब मौसमका कारण खोजी कार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे २ बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दूरीको रहेको काशिलस्थित बस्तीमा सदरमुकामबाट गएको सुरक्षा अधिकारी लगायतको टोली आज बिहान मात्र पुगेको थियो ।

टेलिफोन सेवा उपलब्ध नभएको सो ठाउँमा अग्ला डाडाँमा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । अहिलेसम्म ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको मात्र शव फेला परेको छ । माथि गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले बस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ईलस्थित प्रहरीचौकीमा सामान्य सम्पर्क भए पनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्य भएको उनले बताए ।

अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको १ जना बच्चासहित ९ जना हुनसक्ने आकलन गरिएको छ ।

घट्टमा अन्न पिस्न गएका बालबालिका पहिरोमा परेका थिए । सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोलीले शनिबार बेलुकी नै घटनास्थल गएको भए पनि आज बिहान मात्र पुगेको उनले बताए ।

दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ । बाढीले १५ वटा पानीघट्टा बगाएको छ । घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पूर्व शान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ४३ बजे

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले ल्यायो घोषणापत्र

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले