बिहार जलमग्न भएपछि कोशी ब्यारेजको खोलिएका ढोका फेरि गरियो बन्द | Khabarhub Khabarhub

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको खोलिएका ढोका फेरि गरियो बन्द


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- भारतको बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ५१ बर्षपछि पहिलोपटक सबै ढोका खोलिएको केही घण्टामा फेरि बन्द गरिएको छ । बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिएसँगै कोशी ब्यारेजका ढोका बन्द गरिएको बताइएको छ । सप्तकोशीमा लगातारको वर्षाले पानीको बहाव उच्च भएपछि आज बिहान कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको थियो ।

भारत सरकारले सन् १९५४, विक्रम सम्वत् २०११ सालमा महत्वकांक्षी योजना अन्तरगत आफनो भूमि सिंचाइ गर्न र बाढी नियन्त्रणका लागि कोशी ब्यारेज निर्माण गरेको हो ।

कोशी ब्यारेजको निर्माणसंगै भारतले नेपाली भूमि सुनसरीको कोशी ब्यारेज क्षेत्रबाट ३२ किलोमिटर साविकको महेन्द्रनगरको सुक्रबारेसम्म ४५ वटा स्परमा आफ्नो नियन्त्रण रहनेगरी पूर्वी तटबन्धको रेखदेख गर्दै आएको छ । हरेक वर्षायाममा कोशीको पूर्वी तटबन्ध क्षेत्रमा बसोवास गर्नेहरु कोशीले बाँध फुटाउने त्रासमा हुने गर्दछन् ।

स्थानीय त्रसित हुनुको कारण कोशी नदी सहजै बग्नु नपाउनु र कोशी ब्यारेज उत्तरमा बालुवा थिग्रिएर बाधको सतहमा नदी पुग्नु मुख्य कारण भएको सप्तकोशी नदीका विज्ञ रविन घिमिरे बताउँछन् ।

लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । गएराती सप्तकोशी नदीको बहाव पाँच वर्ष यताकै उच्च ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो । त्यस पछि सप्तकोशी नदीको बहाव बढेको भन्दै कोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलिएको कोशी ब्यारेजका अधिकारीहरुले बताएका छन् ।

आज सप्तकोशी नदीमा गएरातीको तुलनामा पानीको बहाव घटेको छ । सप्तकोशी नदीको बहाव २ लाख ६४ हजार १ सय ६० क्युसेक प्रतिसेकेण्ड पुगेको भन्दै फेरी शनिबार राति ५६ ढोका मध्ये आईतबार बिहान २६ वटा ढोका बन्द गरिएको छ ।

कोशी ब्यारेजको चाबी भारतको हातमा छ । सप्तकोशीको बारेमा लामो समयदेखि खोज अनुसन्धान गर्दै आएका रविन घिमिरेका अनुसार भारतले गएराती कोशी ब्यारेजका पुरै ढोका खोल्नु उसको चलाखी भएको बताउँछन् । कोशी ब्यारेजमा थुनिएको पानी सुनसरीको चतरासम्म झण्डै ६० किलोमिटर उत्तरसम्म जम्ने भएकोले जमेको पानी खोलेर फेरी अर्को बाढी नियन्त्रण गर्ने योजनाका साथ ५६ वटै ढोका खोलिएको हुनसक्ने घिमिरेको अड्कल छ ।

भारत सरकारले नेपालका कुन कुन भागमा पानी परिरहेको छ ? त्यो बाढी कहिले कोशी ब्यारेजसम्म आईपुग्छ भन्नेबारेमा जानकार विज्ञहरु परिचालित गरेको र त्यहीँ अनुसार कोशी ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने गरेको घिमिरेको भनाई छ ।

नेपालका नदीहरुमा सीमावर्ती क्षेत्रमा भारतले तटबन्ध निर्माण गरेको छ । नदीहरुले हरेक साल नेपाली भूमिमा समस्या पार्ने गरेको छ ।

२०६५ साल भदौमा १ लाख ६७ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव हुँदा नै कोशी नदी पूर्वी तटबन्ध भत्काएर बस्तीबाट बगेको थियो ।

कोशीमा नेपाल सरकारको कमजोरी

सन् १९५४ अर्थात विक्रम सम्वत् २०११ सालमा नेपाल सरकारसँग १ सय ९९ बर्षका लागि सप्तकोशी नदीमा कोशी ब्यारेज बनाउने र सो क्षेत्रको पूर्वी तटबन्धको ३२ किलोमिटर क्षेत्रमा रहेको ४५ वटा स्पर भारत सरकारले रेखदेख गर्ने गरी सम्झौता भएको थियो ।

पहिले गहिरिएर बग्ने सप्तकोशी नदी कोशी ब्यारेज बने पछि बालुवा र ढुंगाले पुरिएर पूर्वीतटबन्ध नजिकका बस्ती भन्दा उच्च भएर बगिरहेको छ । हरेक वर्षायाममा बाढी आउँदा मापन गर्ने नेपाल सरकारको उपकरणहरु जडान भएपनि काम लाग्ने अवस्थामा छैनन् ।

नेपाल रेडक्रस सोसाईटीको सहयोगमा सप्तकोशी नदीको पानीको बहाव मापन गर्ने यन्त्र सुनसरीको प्रकाशपुर प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र चतराको कोशी पुलमा जडान गरिएको भए पनि प्रभावकारीरुपमा काम गरिरहेका छैनन् ।

चतरामा पानी मापन गर्ने यन्त्रको सूचना दिने मानिस समयमा उपलब्ध हुन सक्दैनन् भने प्रकाशपुर प्रहरी चौकीको बाढी मापन यन्त्र बिजुली नहुँदा चल्दैन । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीको यन्त्र भने चट्याङले हानेर बिग्रिएको छ ।

त्यसैले कोशी नदीको पानीको बहाव र जल सतहको बारेमा जानकारी लिनुपर्दा भारतीय कोशी ब्यारेज कन्ट्रोल रुमको सहारा लिनुपर्ने बाध्यता रहेको छ । दुई दुई घण्टामा अपडेट हुने नदीको बहावका लागि नेपाली सुरक्षाकर्मीले पनि भारतकै भर पर्नुपर्ने अवस्था छ ।

सुनसरीको बराहक्षेत्रमा समेत भारतीय अधिकारीहरुले सप्तकोशीको मापन गर्ने गर्दछन् । त्यहाँको सूचना भने भारतीय पक्षले दिदैनन् । अझ सप्तकोशीमा बनेको कोशी ब्यारेजको पूर्वमा भारतले लाने भनिएको नहरमा भने अहिले पानी लगेको छैन । नहर सुख्खा देखिन्छ । नहरमा पानी छोडे पनि कोशीको बहावको चाप कम हुने देखिन्छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : ४१ बजे

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर