इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ? « Khabarhub

इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जालको प्रयोग फोटो पोस्ट गर्न तथा खबर आदारप्रदानको लागि सबैले गर्दै आएका छन् । तर यीनै समाजिक सञ्जालबाट सेलेब्रेटी तथा प्रसिद्ध व्यक्तिहरुले राम्रो कमाइ गर्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

पछिल्लो समय समाजिक सञ्जाल इन्स्टाग्राम सेलेब्रेटीहरुका लागि राम्रो आम्दानी गर्ने स्रोत बनेको छ । भिडियो च्यानलका रुपमा समेत विकासित बनेको इन्स्टाग्रामबाट विश्व चर्चित गायक, गायिकादेखि विभिन्न खेलका खेलाडीहरुले फोटो पोस्ट गरेकै भरमा टन्नै पैसा कमाउँछन्।

हुपरएजक्युले इन्स्टाग्रामबाट धेरै पैसा कमाउने इन्स्टाग्रामस् रिच लिस्ट सार्वजिनक गरेको छ। जसमा सर्वाधिक कमाउनेमा गायिका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने रियल मड्रिडका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो तेस्रोमा छन्।

रोनाल्डो शीर्ष दशमा अटाएका एक मात्र फुटबल खेलाडी हुन् भने बास्केटबलका लेब्रोन जेम्स सर्वाधिक कमाउनेको दशौँ स्थानमा छन्।

इन्स्टाग्राममा १२२ मिलियन फलोअर्स रहेका सेलेना गोमेज एउटै पोस्टको ५ लाख ५० हजार अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) कमाउँन सक्छन्। दोस्रो स्थानमा किम कार्दासियन छन्। उनको फलोअर १ सय मिलियन छ र उनको कमाई ५ लाख डलर छ।

यस्तै तेस्रो स्थानमा रहेको रोनाल्डोको फलोअर १ सय ४ मिलियन छ भने उनी एउटा पोस्टबाट ४ लाख डलर कमाई गर्छन्।

यस्तै चौथो स्थानमा केल जेनर, पाँचौ स्थानमा केण्डल जेन र छैटौँ स्थानमा खलोइ कार्दासियन, सातौँ स्थानमा कोर्टने कार्दासियन, आठौ स्थानमा सारा डेलेभिग्ने, नवौं स्थानमा गिगि हाडिड तथा दशौँमा जेम्स रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : १९ बजे

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि