महाधिवेशनका विषयमा बैठकमा छलफल भएको छैन– कांग्रेस प्रवक्ता « Khabarhub

महाधिवेशनका विषयमा बैठकमा छलफल भएको छैन– कांग्रेस प्रवक्ता


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ ।

पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्टयाएका हुन् ।

उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतवार जारी बैठकमा केन्द्रिय सदस्यहरुले भ्रातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् ।

प्रवक्ता शर्माले बैठकमा केन्द्रिय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नु भएको पनि बताए ।

गत असार २२ गतेबाट शुरु भएको कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ५२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको