युवा देशको नयाँ आयाम हो, राज्यको संरक्षण चाहिन्छ : मन्त्री विष्ट « Khabarhub

युवा देशको नयाँ आयाम हो, राज्यको संरक्षण चाहिन्छ : मन्त्री विष्ट


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले युवा देशको नयाँ आयाम भएकाले राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यमी बनेका युवाको सम्मान तथा पुस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले विदेशमा सिकेको सीप नेपालमा उपभोग गर्नुपर्ने बताए ।

‘विदेशमा सिकेको सीपका आधारमा देशभित्र केही गर्नुपर्छ । जसका कारण देशभित्र रोजगारीका अवसरहरु सिर्जना हुन्छन् ।’ मन्त्री विष्टले भने, ‘राज्यले पनि युवा जनशक्ति विदेश पठाउन चाहेको छैन । देशमै रोजगार र उद्यमी बनाउनका लागि सरकारले पहल तथा महत्व पूर्ण काम गरिरहेको छ ।’

उक्त कार्यक्रममा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेकालाई पुरस्कृत गर्‍यो । मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यमी बनेका ६ जनालाई सम्मान र पुरस्कृत गरेका हुन् ।

मन्त्रालयले कान्तिपुर पोल्ट्रिब्रिडिड फर्मका नवराज पौडेललाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुस्कारले समान गरेको छ । यस्तै, प्लाष्टिकका सामग्रीहरु उत्पादन गर्ने कार्यडायमण्ड स्टिल उद्योग झापाका दिपक चापागाईं, मैत्रीमंगल अर्गानिक कृषि फर्म भोजपूरका नीरबहादुर राउत , फिट वेल गार्मेन्ट उद्योग हेटौंडाका मनोज कुमार भारती, रामलक्ष्मण कृषि फर्म , राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मकी शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योग कैलालीका त्रिलोक पनेरुलाई ५०-५० हजार रुपैयाँ नगद पुस्कारका साथ समान गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ४ : ४६ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका