कार्यक्रम बेग्लै, स्वर एउटै– पार्टीलाई विभाजन गर्ने अनेक प्रयासः अध्यक्षद्वय « Khabarhub

कार्यक्रम बेग्लै, स्वर एउटै– पार्टीलाई विभाजन गर्ने अनेक प्रयासः अध्यक्षद्वय


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– कार्यक्रम बेग्लै, स्वर एउटै शीर्षकमा आजको अन्नपूर्ण दैनिकले मुख्य समाचार छापेको छ । नेकपा अध्यक्षद्वयले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टीलाई विभाजन गर्ने अनेक प्रयास भइरहेको बताएका छन । बुधबार अलग अलग कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु प्रयास भइरहेको पनि औंल्याए ।

भेनेजुएला प्रकरण, सक्रमणकालीन न्यायको मुद्दा, संघीयता कार्यान्वयन, पार्टी एकतामा भएको ढिलाइलगायत विषयमा दुई अध्यक्षबीच पछिल्लो पटक असमझदारी बढेको समाचार आइरहँदा दुवै अध्यक्षले पार्टीभित्र समस्या पैदा गर्ने प्रयास भएको बताएका हुन् । प्रचण्डले भनेका छन् ‘प्रतिक्रियावादीले नेकपालाई पार्टी–नेताका बीचमै अविश्वास पैदा गर्ने प्रयास गरिरहेका छन् ।’

त्यस्तै पत्रिकाले कांग्रेस बैठक लम्बियो शीर्षकमा अर्को समाचार छापेको छ । पार्टी विधान परिमार्जनसहित अन्तिम रुप दिन बैठक बोलाइए पनि नेताहरुबीच नै फरक फरक धारणा आएपछि पटक पटक बसेको केन्द्रीय समितिको बैठक अनिर्णित बन्दै गएको छ ।

अन्नपूर्णले सामाजिक सञ्जाल कसिँदै शीर्षकमा अर्को समाचार छापेको छ । फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग गरे ठूलै सजायको प्रस्तावसहित सरकारले कानूनको मस्यौदा सुंसदमा पठाएको छ । सामाजिक सञ्चालको प्रयोग व्यवस्थित र मर्यादिन बताउन भन्दै सरकारले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पठाएको हो ।

‘११ नगरलाई ६८ करोड’ शीर्षका अर्को समाचार छापिएको छ । जिल्ला समन्वय समिति काठमाडौंले जिल्लाका ११ नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६८ करोड रुपैयाँ दिने भएको हो ।

अन्नपूर्णले भद्रगोलमा सरकारी गाडी शीर्षकमा सम्पादकीय लेखेको छ । सामाजिक पदाधिकारी तथा उपल्लो तहका कर्मचारीलाई गाडी सूविधाका निम्ति राज्यले व्यहोर्नुपर्ने आर्थिक दायित्वको मात्रा बर्षेनी बढ्दो छ यस्तो प्रवृत्ति निरन्तर रह्यो भने गाडी खरिदमै ठूलो रकम खर्चनुपर्ने छ । अझ कानूनी प्रक्रिया मिचेर नयाँ गाडी खरिदको होड नै भित्रिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ०१ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था