हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी « Khabarhub

हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा आइतबार पनि प्रदर्शन भएको छ ।

मुख्यभूमि चीनसँग सीमा जोडिएको हङकङको शा टिन क्षेत्रमा दशौं हजार प्रदर्शनकारीले हङकङ सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पूर्व उपनिवेशक मुलुक बेलायतसमक्ष हङकङको स्वतन्त्रताको रक्षा गर्न समेत आह्वान गर्न माग गरेका छन् । प्रदर्शनकारीले अमेरिका र बेलायतको झण्डा समेत फहराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शा टिन क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको सानो समूहबीच झडप समेत भएको जनाइएको छ । विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको आन्दोलनमा प्रदर्शनकारीले हाल भने हङकङको स्वतन्त्रता र लोकतन्त्रको समेत माग गर्दै आएका छन् ।

उनीहरुले त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामको समेत राजीनामा माग्ने गरेका छन् । लामले राजीनामा दिने मनशाय व्यक्त गरेपनि चिनियाँ नेताहरुले उनलाई राजीनामा नदिन निर्देशन दिएको बताइएको छ । विवादास्पद सुपुर्दगी कानून लागू भएमा हङकङका निवासीहरुलाई चीनमा सुपुर्दगी गरिने र त्यसले स्वतन्त्रताको उल्लङ्घन हुने भन्दै हङकङमा केही सातायता प्रदर्शन जारी छ ।

प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकाल सम्मका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीले उनले राजीनामा दिनुपर्ने र उक्त विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ३७ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने