न्यूयोर्कमा गैरकानूनी आप्रवासीविरुद्ध धरपकड « Khabarhub

न्यूयोर्कमा गैरकानूनी आप्रवासीविरुद्ध धरपकड


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क शहरमा आप्रवासन प्रहरीले गैर कानूनी आप्रवासीलाई लक्षित गरी व्यापक धरपकड शुरु गरेको छ ।

न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरी आइसले शहरका विभिन्न क्षेत्रमा व्यापक धरपकड गरिरहेको जनाएका हुन् ।

शहरमा आइतबारबाट यस्ता धरपकड शुरु हुने बताइएपनि मेयर ब्लासियोले शनिबार नै यस्तो धरपकड जारी रहेको जनाएका हुन् ।
आइसले न्यूयोर्क शहरको ब्रुकलिन क्षेत्रस्थित हर्लेम र सनसेट पार्क क्षेत्रमा व्यापक कारवाही गरेपनि अपेक्षित गैरकानूनी आप्रवासीलाई पक्राउ गर्न सफल भने नभएको मेयर ब्लासियोको भनाइ छ ।

अदालतले देश छाड्न आदेश दिएपनि अटेर गरी अमेरिकामा बसिरहेका गैर कानूनी आप्रवासीलाई लक्षित गरी आइसले मुलुकका विभिन्न १० शहरमा कारवाही चलाउने तयारी थालेको हो ।

स्यान्चुरी सिटी भनिने न्यूयोर्क लगायतका आप्रवासीलाई सहयोग गर्ने शहरहरुले आइससँग सहकार्य नगर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५० बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई