मन्त्रिपरिषद् बैठकः बाढी पहिरो पीडितको उद्दारका लागि सहयोगमा जुट्न आग्रह  « Khabarhub

मन्त्रिपरिषद् बैठकः बाढी पहिरो पीडितको उद्दारका लागि सहयोगमा जुट्न आग्रह 


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचार खटिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तत्काल बाढी पहिरो पीडितका लागि आवश्यक प्रबन्ध मिलाइएको भए पनि सम्भावित जोखिम न्यूनिकरणका लागि सवै तह र तप्काबाट सहयोग गर्न आग्रह गरेको हो ।

बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरे पछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ । सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।

त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ । मन्त्री बास्कोटाले सो घटनापछि स्वतहस्र्फूत रुपमा उद्दार, राहत तथा उपचारमा खटने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी पनि दिए ।

मन्त्रिपरिषद बैठकले सो घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर