मौसम पूर्वानुमान महाशाखको सूचना जनस्तरमा पुर्‍याइनुपर्छः मन्त्री पुन « Khabarhub

मौसम पूर्वानुमान महाशाखको सूचना जनस्तरमा पुर्‍याइनुपर्छः मन्त्री पुन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानको सूचना जनस्तर सम्म पुर्‍याउनु पर्ने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको निरीक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सुचनालाइ विश्वासिलो बनाउदै जनस्तर सम्म लैजानु पर्ने बताउनु भएको हो । महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको निरीक्षण गर्दै मन्त्रि पुनले पूर्वानुमान शाखालाई अत्याधुनिक प्रविधि सहित विश्वासिलो र भरपर्दो बनाउन सरकारले सहयोग गर्ने पनि बताए ।

मन्त्री पुनले जनतामा पूर्वानुमान महाशाखाले दिने सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेको भन्दै सूचनाहरु छिटो र भरपर्दो रुपमा जनतामा पुर्याउन विभागले काम गर्नु पर्ने बताए । पछिल्लो समय पूर्वानुमान महाशाखाको सुचनाले धेरै जन धनको क्षति हुन बचाएको भन्दै सूचना प्रवाहमा सबैले सहयोग गर्नुपर्ने बताए ।

नेपालको मनसुन असारको मध्यबाट मनसुन सक्रिय भइ साउन लागे पछि अधिक वर्षा हुने गर्दथ्यो तर यो वर्ष असारमा नै अत्याधिक वर्षा भएर ठुलो जनधनको क्षति भइ सकेको छ । पुर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा सतर्कता अपनाउन सूचना पनि जारि गरि सकेको छ । पछिल्लो केहि महिना यता मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानको सूचना दिन थालेको छ । साथै सूचना भरपर्दो हुन थालेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : १३ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ