अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ « Khabarhub

अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुकहरुले आप्रवासीलाई ब्लू कार्ड उपलब्ध गरउने गरेका छन् । युरोपेली युनियनका २८ सदस्य मुलुकमध्ये २५ मुलुकले ब्लू कार्ड उपलब्ध गराउँछन् ।

सन् २००७ मा लागू गरिएको नीति अनुसार युरोपमा योग्य र दक्ष जनशक्ति भित्र्याउनका लागि ब्लू कार्ड ल्याइएको हो । अमेरिकाको ग्रीन कार्ड भनिएजस्तै युरोपेली युनियनको झण्डामा अंकित निलो रंगका आधारमा ब्लू कार्ड ल्याइएको हो ।

ब्लू कार्ड पाउनका लागि नेपालसहित विश्वका धेरै मुलुकका नागरिकले आवेदन दिन सक्छन् । उच्च दक्षता र सीप भएका कामदार तथा कुनै विधातर्फ अनुसन्धान गरिरहेकालाई ब्लू कार्ड दिइन्छ । यद्यपि विद्यार्थी तथा स्वरोजगार गरिरहेकालाई पनि ब्लू कार्ड दिने व्यवस्था छ ।
ब्लू कार्डका लागि आवेदक आफैं वा आवेदकको रोजगारदाताले आवेदन फाराम भर्नसक्छन् ।

यसका लागि आवेदक कुनै प्रतिष्ठित विश्वविद्यालयमा स्नातक अध्ययन पूरा गरेको हुनुपर्छ । यदी औपचारिक अध्ययन नभएमा कम्तीमा ५ वर्षको कार्य अनुभवको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । आवेदकसँग कम्तीमा एक वर्षका लागि युरोपको कुनै मुलुकमा काम गर्ने करार हुनुपर्छ । त्यस्तै, आवेदकको आय गन्तव्य मुलुकको औसत आयभन्दा डेढ गुणा धेरै हुनुपर्छ ।

आवेदनका लागि रोजगारदाताको आधिकारिक पत्र पनि चाहिन्छ । त्यस्तै, आधिकारिक ट्राभल डकुमेन्ट र आवेदक सार्वजनिक सुरक्षा, स्वास्थ्य तथा राष्ट्रिय सुरक्षामा कुनै चुनौति नरहेको प्रमाण पेश गर्नुपर्छ । र दुई पासपोर्ट साइजको फोटो र आवेदन भर्दा पैसा तिरेको भौचर पेश गर्नुपर्छ ।

यसपछि ९० दिनसम्म आवेदन प्रक्रियागत चरणमा जान्छ । ब्लू कार्डको म्याद रोजगार करारका आधारमा १ देखि ४ वर्षसम्म हुन्छ । यसलाई नवीकरण पनि गर्न सकिन्छ ।

ब्लू कार्ड पाएका आप्रवासीले गन्तव्य मुलुककै नागरिक सरह समान काम र ज्यालाको ग्यारेन्टी हुन्छ । त्यस्तै, उनीहरुले युरोपेली युनियनमा सहजै आवागमन गर्न सक्छन् । उनीहरुले सामाजिक अधिकारको उपयोग गर्न सक्छन् । त्यसबाहेक ब्लू कार्ड पाइसकेकाहरुले पारिवारिक पुनर्मिलन र निश्चित प्रक्रिया पूरा गरिसकेपछि स्थायी बसोबास अनुमति पत्रका लागि समेत आवेदन दिन सक्छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ४५ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण