अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ « Khabarhub

अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुकहरुले आप्रवासीलाई ब्लू कार्ड उपलब्ध गरउने गरेका छन् । युरोपेली युनियनका २८ सदस्य मुलुकमध्ये २५ मुलुकले ब्लू कार्ड उपलब्ध गराउँछन् ।

सन् २००७ मा लागू गरिएको नीति अनुसार युरोपमा योग्य र दक्ष जनशक्ति भित्र्याउनका लागि ब्लू कार्ड ल्याइएको हो । अमेरिकाको ग्रीन कार्ड भनिएजस्तै युरोपेली युनियनको झण्डामा अंकित निलो रंगका आधारमा ब्लू कार्ड ल्याइएको हो ।

ब्लू कार्ड पाउनका लागि नेपालसहित विश्वका धेरै मुलुकका नागरिकले आवेदन दिन सक्छन् । उच्च दक्षता र सीप भएका कामदार तथा कुनै विधातर्फ अनुसन्धान गरिरहेकालाई ब्लू कार्ड दिइन्छ । यद्यपि विद्यार्थी तथा स्वरोजगार गरिरहेकालाई पनि ब्लू कार्ड दिने व्यवस्था छ ।
ब्लू कार्डका लागि आवेदक आफैं वा आवेदकको रोजगारदाताले आवेदन फाराम भर्नसक्छन् ।

यसका लागि आवेदक कुनै प्रतिष्ठित विश्वविद्यालयमा स्नातक अध्ययन पूरा गरेको हुनुपर्छ । यदी औपचारिक अध्ययन नभएमा कम्तीमा ५ वर्षको कार्य अनुभवको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । आवेदकसँग कम्तीमा एक वर्षका लागि युरोपको कुनै मुलुकमा काम गर्ने करार हुनुपर्छ । त्यस्तै, आवेदकको आय गन्तव्य मुलुकको औसत आयभन्दा डेढ गुणा धेरै हुनुपर्छ ।

आवेदनका लागि रोजगारदाताको आधिकारिक पत्र पनि चाहिन्छ । त्यस्तै, आधिकारिक ट्राभल डकुमेन्ट र आवेदक सार्वजनिक सुरक्षा, स्वास्थ्य तथा राष्ट्रिय सुरक्षामा कुनै चुनौति नरहेको प्रमाण पेश गर्नुपर्छ । र दुई पासपोर्ट साइजको फोटो र आवेदन भर्दा पैसा तिरेको भौचर पेश गर्नुपर्छ ।

यसपछि ९० दिनसम्म आवेदन प्रक्रियागत चरणमा जान्छ । ब्लू कार्डको म्याद रोजगार करारका आधारमा १ देखि ४ वर्षसम्म हुन्छ । यसलाई नवीकरण पनि गर्न सकिन्छ ।

ब्लू कार्ड पाएका आप्रवासीले गन्तव्य मुलुककै नागरिक सरह समान काम र ज्यालाको ग्यारेन्टी हुन्छ । त्यस्तै, उनीहरुले युरोपेली युनियनमा सहजै आवागमन गर्न सक्छन् । उनीहरुले सामाजिक अधिकारको उपयोग गर्न सक्छन् । त्यसबाहेक ब्लू कार्ड पाइसकेकाहरुले पारिवारिक पुनर्मिलन र निश्चित प्रक्रिया पूरा गरिसकेपछि स्थायी बसोबास अनुमति पत्रका लागि समेत आवेदन दिन सक्छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ४५ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था