बेरोजगारको आवेदन चैतदेखि, ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना « Khabarhub

बेरोजगारको आवेदन चैतदेखि, ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगरी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ।

यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस कार्याक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ।

मन्त्रालयले यो कार्यक्रम प्रदेश र स्थानीय तहसँग समन्वय गरी रोजगार सेवा केन्द्रमार्फत कार्यान्वयन गर्ने छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

स्थानीय तहमा हुने रोजगार सेवा केन्द्रले आउँदो चैत्र महिनाभरि बेरोजगार व्यक्तिको निवेदन लिनेछ। बेरोजगार व्यक्ति आफैले आफ्नो वडा कार्यालायको सिफारिस लिई सेवा केन्द्रमा पेस गर्नुपर्छ। निवेदन पेस गरेको १५ दिनभित्र केन्द्रले छानबिन गर्नेछ।

गाँउ-नगरपालिकाको निर्णयबाट पहिचान भएका बेरोजगारलाई केन्द्रले परिचयपत्र उपलब्ध गराउने छ। केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा बेरोजगार व्यवस्थानि सूचना प्रणालीमा बेरोजगारीलाई सूचीकृत गर्छ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : १५ बजे

मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण

गण्डकी– भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा

बुधबार सेयर बजारमा ४.६८ अंकको वृद्धि

काठमाडौँ– सेयर बजार बुधबार ४.६८ अंकले बढेको छ । नेप्से

राष्ट्रियसभा बैठक : बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका बारे

आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : सांसद बडू

काठमाडौँ– सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

फिदिममा सार्वजनिक शौचालयको अभाव

पाँचथर– सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन् भन्दा धेरैलाई