अनमोलको ‘क्याप्टेन’ किन नचल्न सक्छ ? « Khabarhub

अनमोलको ‘क्याप्टेन’ किन नचल्न सक्छ ?


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो केही समययता अभिनेता अनमोल केसी हटकेक बनेका छन् । युवापुस्तामाझ लोकप्रिय यी अभिनेता फिल्म ‘क्याप्टेन’ मार्फत फागुन १७ मा दर्शकमाझ आउँदैछन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यो फिल्मप्रति आम दर्शकको चासो त बढेको छ । तर फिल्म नचल्न सक्ने सम्भावना पनि हुँदै नभएको होइन ।

इतिहासलाई हेर्ने हो भने खेललाई विषय बनाएर निर्माण भएका फिल्महरु चलेको रेकर्ड छैन । यसै वर्षको शुरुवातमा रिलिज भएको फिल्म ‘डमरुको डन्डिबियो’ को पनि रिलिजअघि निकै हाइप थियो । अभिनेता खगेन्द्र लामिछानेले फिल्मको हाइप ह्वात्तै बढाएका थिए । फिल्मको प्रचार पनि त्यसरी नै गरिएको थियो ।

फिल्म रिलिजपछि भने दर्शकलाई यसको स्वाद मन परेन । विषय रुचाइए पनि कथा मन नपरेको समीक्षात्मक प्रतिक्रिया थियो फिल्मको । लोप हुन लागेको डण्डिबियोको जर्गेना गरिनुपर्ने आवाज उठ्दै नउठेका पनि होइनन् । तर, दर्शकले फिल्म रुचाएनन् ।

फिल्मको पोस्टर

यसअघि स्पोर्टस् जानरामै निर्माण भएका दुई फिल्म ‘च्याम्पियन’ र ‘वल्र्डकप इन नेपाल’ ले पनि व्यावसायिक सफलता हात पार्न सकेका थिएनन् । इतिहास बताउँछ – ‘स्पोर्टस् जानरामा बनेका फिल्महरु त्यति रुचाइएका छैनन् ।’

के ‘क्याप्टेन’ ले यो रेकर्ड तोड्ला? आम दर्शकलाई फिल्मप्रति चासो पनि छ । र, फिल्मप्रति प्रश्न पनि छ । सामाजिक सञ्जालमा दर्शकले फिल्मको भीएफएक्स पक्षको तारिफ गरेका छन् । यद्यपि ट्रेलरमै देखिएका प्राविधिक त्रुटि पनि औँल्याएका छन् दर्शकले ।

अनमोल केसीको क्रेजले त यो फिल्मलाई सफल बनाउने धेरैको अनुमान छ । तर, दर्शकको स्वादअनुसार फिल्म बन्न चुकेको रहेछ भने फिल्मले पनि स्पोर्टस् जानरामाथि बनेको फिल्ममा इट्टा थप्ने काम गरेको छ ।

अनमोल केसीसँगै प्रशान्त ताम्राकार, सुनील थापा, राजाराम पौडेल, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतले अभिनय गरेको यो फिल्म हिट हुन्छ कि फ्लप हुन्छ, त्यसका लागि भने अब धेरै दिन कुनुपर्ने छैन ।

क्याप्टेनको ट्रेलर:

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १ : ४५ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको