अनमोलको ‘क्याप्टेन’ किन नचल्न सक्छ ? « Khabarhub

अनमोलको ‘क्याप्टेन’ किन नचल्न सक्छ ?


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो केही समययता अभिनेता अनमोल केसी हटकेक बनेका छन् । युवापुस्तामाझ लोकप्रिय यी अभिनेता फिल्म ‘क्याप्टेन’ मार्फत फागुन १७ मा दर्शकमाझ आउँदैछन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यो फिल्मप्रति आम दर्शकको चासो त बढेको छ । तर फिल्म नचल्न सक्ने सम्भावना पनि हुँदै नभएको होइन ।

इतिहासलाई हेर्ने हो भने खेललाई विषय बनाएर निर्माण भएका फिल्महरु चलेको रेकर्ड छैन । यसै वर्षको शुरुवातमा रिलिज भएको फिल्म ‘डमरुको डन्डिबियो’ को पनि रिलिजअघि निकै हाइप थियो । अभिनेता खगेन्द्र लामिछानेले फिल्मको हाइप ह्वात्तै बढाएका थिए । फिल्मको प्रचार पनि त्यसरी नै गरिएको थियो ।

फिल्म रिलिजपछि भने दर्शकलाई यसको स्वाद मन परेन । विषय रुचाइए पनि कथा मन नपरेको समीक्षात्मक प्रतिक्रिया थियो फिल्मको । लोप हुन लागेको डण्डिबियोको जर्गेना गरिनुपर्ने आवाज उठ्दै नउठेका पनि होइनन् । तर, दर्शकले फिल्म रुचाएनन् ।

फिल्मको पोस्टर

यसअघि स्पोर्टस् जानरामै निर्माण भएका दुई फिल्म ‘च्याम्पियन’ र ‘वल्र्डकप इन नेपाल’ ले पनि व्यावसायिक सफलता हात पार्न सकेका थिएनन् । इतिहास बताउँछ – ‘स्पोर्टस् जानरामा बनेका फिल्महरु त्यति रुचाइएका छैनन् ।’

के ‘क्याप्टेन’ ले यो रेकर्ड तोड्ला? आम दर्शकलाई फिल्मप्रति चासो पनि छ । र, फिल्मप्रति प्रश्न पनि छ । सामाजिक सञ्जालमा दर्शकले फिल्मको भीएफएक्स पक्षको तारिफ गरेका छन् । यद्यपि ट्रेलरमै देखिएका प्राविधिक त्रुटि पनि औँल्याएका छन् दर्शकले ।

अनमोल केसीको क्रेजले त यो फिल्मलाई सफल बनाउने धेरैको अनुमान छ । तर, दर्शकको स्वादअनुसार फिल्म बन्न चुकेको रहेछ भने फिल्मले पनि स्पोर्टस् जानरामाथि बनेको फिल्ममा इट्टा थप्ने काम गरेको छ ।

अनमोल केसीसँगै प्रशान्त ताम्राकार, सुनील थापा, राजाराम पौडेल, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतले अभिनय गरेको यो फिल्म हिट हुन्छ कि फ्लप हुन्छ, त्यसका लागि भने अब धेरै दिन कुनुपर्ने छैन ।

क्याप्टेनको ट्रेलर:

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  १ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको