फागुन भित्रै मलेसियाको रोजगारी खुल्ने, एकद्वार प्रणालीबाट कामदार लगिने « Khabarhub

फागुन भित्रै मलेसियाको रोजगारी खुल्ने, एकद्वार प्रणालीबाट कामदार लगिने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि बन्द मलेसियाको रोजगार फागुन अन्तिम सातादेखि खुल्ने भएको छ । बायोमेट्रिक, भिएलएन, जिएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका नाममा गैरकानुनी रूपमा ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले गत जेठ २ गतेदेखि त्यहाँको रोजगारी बन्द गरेको थियो ।

मलेसियाको रोजगारी खुलाउने विषयमा सरकारीस्तरबाट सम्बन्धित निकायसँग छलफल भइरहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । मलेसिया सरकारले विदेशी कामदार लिने नयाँ प्रक्रिया र नीति बनाइरहेको छ । मार्च पहिलो साताभित्र सवै प्रक्रिया मिलाई एकाद्धार प्रणालीमाफर्त विदेशी कामदार लिने जानकारी आएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए । उनले भने, ‘फागुनको अन्तिम सातादेखि मलेसियाको रोजगार खुल्छ । मलेसियाको रोजगारका विषयमा दुवै देशका सम्बन्धीत निकाय गम्भीर भएर छलफल गरिहेका छन् । मलेसिया पनि नेपालबाट चाँडै कामदार लैजान बाटो खुलाउन खोजिरहेको छ ।’

पहिलो चरणमा मलेसिया रोजगार बन्द हुनअघि कलिङ भिसा लागेका कामदार दूतावासमार्फत पढाउने तयारी भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मलेसिया सरकारले नेपालबाट कामदार लिन नयाँ भ्यान्डरका विषयमा श्रम मन्त्रालयलाई प्रस्तावसहित पत्रचार गरेको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

मलेसिया सरकारले नेपाली कामदार रोजगारीमा लिदाँ आवश्यक पर्ने प्रक्रिया र नयाँ प्रणालीका विषयमा परराष्ट्र मन्त्रालयमार्फत प्रस्तावसहित पत्रचार गरेको दूतावासका एक कर्मचारीले बताए । यो विषयमा श्रम मन्त्रालयले सम्बन्धीत निकायसँग छलफल गरेर जवाफसहितको पत्र पठाउने तयारी गरिरहेको पाइएको छ।

मलेसिया सरकारले पछिल्लो समय रोजगारीका लागि विदेशी कामदार लिने प्रक्रिया नै बन्द गरेको छ । रोजगारीका लागि मलेसिया आउने कामदारलाई एउटै मापदण्ड बनाएर लिने भन्दै विदेशी कामदार लैजाने प्रक्रिया बन्द गरेको थियो । रोजगारीका लागि मलेसिया आउने कामदारमाथि आर्थिक र शोषणमा परेको भन्दै मलेसिया सरकारले नयाँ मापदण्ड बनाइरहेको जनाइएको छ ।

मलेसियामा रोजगारीका लागि मासिक १० हजार नेपाली युवा जाने गरेका थिए । अहिले मलेसियामा ३ लाखभन्दा धेरै नेपाली कामदार कार्यारत रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ११ : ३६ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन