इतिहासमै १ वर्षको अवधिमा सरकारले यति राम्रो काम गरेको थिएन– प्रधानमन्त्री ओली « Khabarhub

इतिहासमै १ वर्षको अवधिमा सरकारले यति राम्रो काम गरेको थिएन– प्रधानमन्त्री ओली


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा इतिहासमै राम्रो काम गरेको बताएका छन् ।

बिहीवार राष्ट्रियसभागृहबाट जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा राम्रो काम गरेको दाबी गरेका हुन् । यो तथ्यहरु र आँकडाहरुले देखाउने ओलीको भनाइ थियो ।

‘म दाबाका साथ भन्छु नेपालको प्रगति यो एक वर्षमा इतिहासमा पहिले भन्दा गतिका साथ भएको छ, यो तथ्यहरुले, आँकडाहरुले बताउँछ,’ ओलीले भने,‘यो विकासका लागि आधार वर्ष हो । यसले मजबुद आधार बनाएको छ । यस्तो मजबुद जग बनाएको छ हजार तले घर बनाए पनि त्यसले थेग्छ । ’

सरकार कानूनी, संरचनागत, कानूनी, आर्थिक रुपमा व्यवस्थित रुपमा अगाडि बढेको भन्दै विनासमस्या नयाँ संरचनामा गएर आफूहरुले महत्वपूर्ण काम गरेको प्रधानमन्त्री भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार छलछालविना स्पष्ट मार्गचित्रसहित योजनावद्ध रुपमा देशविकासमा अगाडि बढेको बताए । ‘यो आठ कक्षाका विद्यार्थीको वक्तृत्वकला होइन । यो देश बनाउने कुरा हो, यसमा अहिलेको सरकार कुनै छलछामविना स्पष्ट मार्गचित्र योजना कार्यक्रमका साथ योजनावद्ध रुपमा अगाडि बढेका छौं ’ ओलीले भने ।

यस्तै योजनाका साथ अगाडि बढेको भए नेपाल बेग्लै अवस्थामा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । यसरी योजनाबद्ध रुपमा अगाडि बढ्दा १० वर्षमा नेपालले विकासको क्षेत्रमा काँचुली फेरिने उनको भनाइ थियो ।

जनताको जलविद्युत आयोजना जनताको कार्यक्रम भएकोले यो सफल हुने प्रधानमन्त्रीको दाबी थियो । आम नेपालीहरुले सानो लागानी गर्दा सबै नेपाली जलविद्युतमा सेयर धनी बन्ने बताए ।

फागुन २ )को ३५ दिनपछि यसको शेयर खुल्ने र चैत सात गते विदा परेन भने आफूले पहिलो शेयर किन्ने प्रधानमन्त्रीले बताए । उनले अरु सबैलाई शेयर किन्न आग्रह गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १ : ३८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति