प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ « Khabarhub

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् ।

आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो उपस्थिति देखिन्थ्यो ।

गिफ्ट सपभित्र युवकहरु आफ्नी प्रेमिकालाई दिने उपहारको खोजीमा थिए भने युवतीहरु पनि आफ्ना प्रेमीलाई दिने उपहार हेर्नमै व्यस्त देखिन्थे ।

राजधानीका ठूला–साना गिफ्ट सप, सपिङ मललाई प्रणय दिवसकै अवसरमा झकिझकाउ पारिएको छ ।

‘भ्यालेनटाइन डे’ कै अवसर पारी प्रशस्त मात्रामा कार्ड छापिएको आर्चिज गिफ्ट सपका व्यापारी सुनिल थापाले बताए । डिजिटल प्रविधिको विकास हुँदै गए पनि कार्डको खपतमा कमी नआएको उनको भनाइ छ ।

आफ्नो गिफ्ट सपमा सामान्यतया १ सय ५० रुपैयाँदेखी ८ सय रुपैयाँसम्मका कार्ड बिक्री हुने गरेको थापाले बताए । ‘भ्यालेन्टाइन डेको विशेष अफर नरहे पनि पसलमा आउने गाह्रकहरुको कमी छैन,’ उनले भने ।

अन्य दिनको तुलनामा बढी भीडभाड देखिए पनि सोचेजस्तो व्यापार भने नभएको उनको भनाइ थियो । ‘विगतको तुलनामा कमै व्यापार भइरहेको छ । बढी मात्रामा गुलाफ, फोटो फ्रेम, लभ आकारका गुडिया, घडी लगायत गिफ्टहरु बिक्रि भइरहेका छन्,’ खबरहबकर्मीसँगको कुराकानीमा थापाले भने ।

प्रेम दिवस : व्यापार बढाउने दिन

प्रेम दिवस आउनु अगावै कमलादी चोकमा रहेका अधिकांश गिफ्सपहरु फरक प्रकारका फुलहरुले रंगिएका थिए ।

कमलादीस्थित फ्लावरर्स जोनका व्यापारी राजु लामा बुधवार दिनभरि फूल प्याकिङमा व्यस्त थिए । प्याकिङ गरेका अधिंकाश फुलहरु ‘रातो गुलाफ’ र बीचमा ‘अमलाको पत्ता’ देखिन्थ्यो । राजुलाई पसलमा आउने ग्राहकसँग बोल्ने फुर्सदसम्म थिएन ।

विगत ७ वर्षदेखि फूलको पसल चलाइरहेका लामा प्रेम दिवस आफूहरुका लागि विशेष दिन भएको बताउँछन् । ‘अरु बेलाको भन्दा प्रेम दिवसको दिन धेरै व्यापार हुन्छ,’ लामा भन्छन्, ‘प्रेम दिवसको दिन बेच्ने भनेर हामीले १५–२० दिन अगाडिदेखि नै फूल ल्याएर राखेका हुन्छौं ।’

प्रेम दिवसको दिन सबैभन्दा बढी गुलाफको फूल खपत हुने गरेको लामाले बताए । नेपालमा धेरै उत्पादन नहुने भएकाले भारतबाटै गुलाफ आयात गर्ने गरेको लामाको भनाइ छ ।

उनको पसलमा औसतमा दैनिक १ सय पिससम्म गुलाफका फूल बिक्री हुन्छन् । तर, भ्यालेन्टाइ डेको अघिल्लो दिनसम्मै ३ हजार गुलाफको फूल खरिदका लागि अर्डर आइसकेको लामाले सुनाए ।

पूष्प व्यवसायीका अनुसार एउटा गुलाफको फूलको मूल्य १०० रुपैयाँ पर्छ । प्राय मानिसले एउटा फूल मात्रै लैजान्छन् । तर, कतिपय मानिसले भने ५ देखि १० वटा फूल गाँसेर बनाइएको गुच्छा र बुके पनि किन्ने गर्छन् ।

औषतमा दैनिक १० हजारको कारोबार हुने पसलमा भ्यालेन्टाइनको दिन १ लाख भन्दा बढीको गुलाफका फूल मात्रै बिक्री हुने गरेको व्यवसायीको भनाइ छ ।

यस्तै गिफ्ट पसलहरुमा पनि अन्य दिनको तुलनामा तेब्बर बढी व्यापार हुने गरेको छ । ‘अरु दिन ८ देखि १० हजारको व्यापार हुन्थ्यो । आज ३० देखि ४० हजारको व्यापार हुने अपेक्षा गरेका छौं,’ काठमाडौंको न्यूरोडस्थित एक गिफ्ट सपका सञ्चालकले भने, ‘आजको दिन औषतभन्दा तेब्बर बढी व्यापार हुन्छ ।’

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : ४३ बजे

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।