मेलम्चीको काम नै पहिलो प्राथमिकतामाः मन्त्री मगर « Khabarhub

मेलम्चीको काम नै पहिलो प्राथमिकतामाः मन्त्री मगर


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेकी छिन् ।

मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाइन् । विहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री मगरले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन् ।

सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अर्ब बढी रकम भुक्तानी गर्न बाँकी छ । मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानूनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराइन् ।

मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरबौं रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् ।

मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएको सिएमसी कम्पनी आर्थिक अभावको कारण देखाउँदै सो काम छोडेर हिँडेको छ । मन्त्री मगरले सो कम्पनीले काम नगरे अन्य कम्पनीलाई लगाउन सरकार तयार भएपनि त्यसका लागि आवश्यक निर्देशन दिन पनि समितिको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ४ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको