प्रदीप र जसिताको ‘लभ स्टेशन’ गीत, माया भए घाम/जून नचाहिने (भिडियो) « Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ गीत, माया भए घाम/जून नचाहिने (भिडियो)


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवाअभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मलाई समेत प्रचार पुग्ने उद्देश्यले युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सुगम पोखरेल र रेश्मा सुनुवारले गाएको ‘घाम जून नि चाहिँदैन’ बोलको गीतमा माया पाए अरु केही नचाहिने भावलाई उठाइएको छ । गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने मिक्सिङ र एरेन्ज शैलेन्द्र प्रधानले गरेका हुन् ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, निदेश काफ्ले लगायत कलाकारले अभिनय गरेका छन् ।

लभ स्टोरी जानरामा निर्माण भएको यो फिल्ममा डीओपी आलोक शुक्लाको छ भने गोविन्द शाही, कृषु शाही र कबीरविक्रम शाहीको फिल्म निर्माण छ । यस्तै फिल्ममा समिर मिया र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, एलिसा कार्कीको पाश्र्वध्वनि तथा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।

फिल्म यसै वर्षको चैत्र २२ गते नयाँ वर्षको अवसर पारेर रिलिज हुँदैछन् ।

ट्रेलर:

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ४ : ४२ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा