प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक « Khabarhub

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्म ‘प्रेम दिवस’ का एकसाथ दुई पोस्टर रिलिज भएका छन् । निर्माण टिमले भ्यालेनटाइन डे को अवसर पारेर फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई देख्न सकिन्छ । प्रियंका र आयुष्मानका अलावा विशाल खरेल, हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने लगायत कलाकारले समेत अभिनय गरेको यो फिल्म अर्को वर्षको जेठ ३ गतेदेखि रिलिज हुँदैछ ।

प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको यो फिल्मलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् भने योगेश घिमिरेले निर्देशन गरेका हुन् ।
यस्तै फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, वनिष शाह र मिलन श्रेष्ठको सम्पादन तथा मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ४ : ४४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६