सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा « Khabarhub

सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सेमिफाइनल खेलमा होबर्ट हुरीक्यन्सविरुद्ध विकेट विहीन भएपनि उनको टोली स्टार्सले फाइनलमा स्थान बनाएको छ ।

होबर्टको घरेलु मैदानमा स्टार्सले उसलाई ६ विकेटले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । बीबीएलको पहिलो सेमिफाइनलमा स्टार्सले होबर्टविरुद्ध जित निकाल्न कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरे ।

यसअघि समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आजको खेलमा बलिङ कसिलो गरेपनि विकेट लिन भने सकेनन् । उनले ४ ओभरमा ३१ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको होबर्टले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टले १५३ रन बनाएपछि १५४ रनको लक्ष्य पछ््याएको स्टार्सले ७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यौ ।

पहिलो पटक बीबीएल खेल्ने अवसर पाएका सन्दीपले ७ खेलमा ११ विकेट लिए । सन्दीपले ११ विकेट लिनेक्रममा १ सय ७९ रन खर्चेका थिए ।
२०१८ को इन्डीयन प्रिमियर लिग (आईपीएल) तत्कालीन दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्व क्रिकेटको ट्वान्टी—२० फ्रेन्चाइज लिगमा अनिवार्य जस्तै भएका सन्दीपले बीबीएलमा स्टार्सबाट पहिलो खेलमै ‘डेब्यु’ को अवसर पाएका थिए ।

आईपीएल, बीबीएल जस्ता ठूला फ्रेन्चाईजी लिग खेलेका सन्दीपले पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्नेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ३५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित