सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा « Khabarhub

सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सेमिफाइनल खेलमा होबर्ट हुरीक्यन्सविरुद्ध विकेट विहीन भएपनि उनको टोली स्टार्सले फाइनलमा स्थान बनाएको छ ।

होबर्टको घरेलु मैदानमा स्टार्सले उसलाई ६ विकेटले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । बीबीएलको पहिलो सेमिफाइनलमा स्टार्सले होबर्टविरुद्ध जित निकाल्न कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरे ।

यसअघि समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आजको खेलमा बलिङ कसिलो गरेपनि विकेट लिन भने सकेनन् । उनले ४ ओभरमा ३१ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको होबर्टले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टले १५३ रन बनाएपछि १५४ रनको लक्ष्य पछ््याएको स्टार्सले ७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यौ ।

पहिलो पटक बीबीएल खेल्ने अवसर पाएका सन्दीपले ७ खेलमा ११ विकेट लिए । सन्दीपले ११ विकेट लिनेक्रममा १ सय ७९ रन खर्चेका थिए ।
२०१८ को इन्डीयन प्रिमियर लिग (आईपीएल) तत्कालीन दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्व क्रिकेटको ट्वान्टी—२० फ्रेन्चाइज लिगमा अनिवार्य जस्तै भएका सन्दीपले बीबीएलमा स्टार्सबाट पहिलो खेलमै ‘डेब्यु’ को अवसर पाएका थिए ।

आईपीएल, बीबीएल जस्ता ठूला फ्रेन्चाईजी लिग खेलेका सन्दीपले पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्नेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ५ : ३५ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते