जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता « Khabarhub

जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकी मुलुक जिम्बाब्वेमा दुई सुनखानीमा बाढी आउँदा कम्तीमा २३ कामदार डुबेका छन् । राजधानी हरारेबाट दक्षिणपश्चिममा रहेको काडोमा शहरनजिक रहेका क्रिकेट खानी तथा सिल्भर मुन खानीमा बाढीको पानी पसेको हो ।

बाढीपछि त्यहाँ डुबेका सबै कामदारको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि कोही जीवित रहेको आशंका तथा मृतकको शव बाहिर निकान्लका लागि खानीबाट पानी बाहिर निकाल्ने काम जारी रहेको जिम्बाब्वेका अधिकारीले जनाएका छन् ।

अनुमतिप्राप्त कम्पनीले सञ्चालन गर्दै आएको खानीमा कसैलाई थाहै नदिई अवैधानिक कामदार खानीभित्र छिरेका बेला बाढीको पानी पसेका बेला बताइएको छ । खानीभित्र छिरेका ३८ जनामध्ये १५ जनालाई उद्धार गरिएको थियो । त्यहाँ रहेका अरु २३ जना अझैँ त्यहीँ फसिरहेको आशंका गरिएको छ ।

नजिकै रहेको बाँध फुटेर खानीमा बाढीको पानी पसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ५१ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,