जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता « Khabarhub

जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकी मुलुक जिम्बाब्वेमा दुई सुनखानीमा बाढी आउँदा कम्तीमा २३ कामदार डुबेका छन् । राजधानी हरारेबाट दक्षिणपश्चिममा रहेको काडोमा शहरनजिक रहेका क्रिकेट खानी तथा सिल्भर मुन खानीमा बाढीको पानी पसेको हो ।

बाढीपछि त्यहाँ डुबेका सबै कामदारको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि कोही जीवित रहेको आशंका तथा मृतकको शव बाहिर निकान्लका लागि खानीबाट पानी बाहिर निकाल्ने काम जारी रहेको जिम्बाब्वेका अधिकारीले जनाएका छन् ।

अनुमतिप्राप्त कम्पनीले सञ्चालन गर्दै आएको खानीमा कसैलाई थाहै नदिई अवैधानिक कामदार खानीभित्र छिरेका बेला बाढीको पानी पसेका बेला बताइएको छ । खानीभित्र छिरेका ३८ जनामध्ये १५ जनालाई उद्धार गरिएको थियो । त्यहाँ रहेका अरु २३ जना अझैँ त्यहीँ फसिरहेको आशंका गरिएको छ ।

नजिकै रहेको बाँध फुटेर खानीमा बाढीको पानी पसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ५ : ५१ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ