काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन « Khabarhub

काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ ।

परिषदले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित रंगेहात पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेको बयानका आधारमा अख्तियारले न्यायाधीश बानियामाथि अनुसन्धान गर्न न्याय परिषदलाई सिफारिस गरेको थियो ।

५ लाख घुससहित पक्राउ परेका चालिसेले अख्तियारलाई बयान दिने क्रममा आफूलाई न्यायाधीश बानियाले पठाएको बताएका थिए । सोही बयानका आधारमा बानियामाथि अनुसन्धान गर्न अख्तियारले न्याय परिषदलाई पत्र लेखेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बिहीबार बसेको परिषदको वैठकले बनियाँमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

चालिसे धरौटीमा रिहा

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुससहित पक्राउ गरेका चालिसे भने ५ लाख रुपैयाँ धरौटी बुझाए रिहा भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलाशले चालिसेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अख्तियारले बुधवार मात्रै चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा चालिसे तत्कालीन नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन काठमाडौं जिल्ला समितिका उपाध्यक्ष हुन् ।

घुससहित पक्राउ पर्नुभन्दा केही दिन अगाडि मात्रै असोज १८ गते सर्वोच्च अदालतले  चालिसेलाई पाटन उच्च अदालत ललितपुरमा सरुवा गरेको थियो । तर, उनले परिषदबाट रमाना पत्र बुझ्न मानेका थिएनन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ६ : १६ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको