काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन « Khabarhub

काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ ।

परिषदले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित रंगेहात पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेको बयानका आधारमा अख्तियारले न्यायाधीश बानियामाथि अनुसन्धान गर्न न्याय परिषदलाई सिफारिस गरेको थियो ।

५ लाख घुससहित पक्राउ परेका चालिसेले अख्तियारलाई बयान दिने क्रममा आफूलाई न्यायाधीश बानियाले पठाएको बताएका थिए । सोही बयानका आधारमा बानियामाथि अनुसन्धान गर्न अख्तियारले न्याय परिषदलाई पत्र लेखेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बिहीबार बसेको परिषदको वैठकले बनियाँमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

चालिसे धरौटीमा रिहा

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुससहित पक्राउ गरेका चालिसे भने ५ लाख रुपैयाँ धरौटी बुझाए रिहा भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलाशले चालिसेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अख्तियारले बुधवार मात्रै चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा चालिसे तत्कालीन नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन काठमाडौं जिल्ला समितिका उपाध्यक्ष हुन् ।

घुससहित पक्राउ पर्नुभन्दा केही दिन अगाडि मात्रै असोज १८ गते सर्वोच्च अदालतले  चालिसेलाई पाटन उच्च अदालत ललितपुरमा सरुवा गरेको थियो । तर, उनले परिषदबाट रमाना पत्र बुझ्न मानेका थिएनन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ६ : १६ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै