घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ? | Khabarhub Khabarhub

घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ?


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लाग्ने  तयारी भएकाे छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएसँगै उनले पदबाट राजिनामा नदिए महाअभियोग सामना गर्नुपर्ने भएकाे छ ।

सत्तारुढ दल नेकपाले उनले पदबाट राजीनामा नदिए महाअभियोग लगाएर भएपनि पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । खबरहबसँग कुरा गर्दै नेकपा नेता तथा सांसद योगेश भट्टराईले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकलाई राजीनामा दिन वा प्रमुख आयुक्त नविन घिमिरेलाई पाठकमाथि छानविन गरी कारबाही अघि बढाउन सुझाव दिएका छन् ।

सत्तारुढ दल नेकपाले शुक्रबारसम्म पाठकमाथि कारबाही नगरे महाअभियोग लगाउने तयारी समेत गरेको बुझिएको छ ।

घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ७ : ४१ बजे

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार