वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित « Khabarhub

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक पारित


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- राष्ट्रियसभाको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले सो विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ टेबल गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ७ : ३४ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण