राष्ट्रपतिको कार्यकाल बढाउने विधेयक पारित « Khabarhub

राष्ट्रपतिको कार्यकाल बढाउने विधेयक पारित


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पु¥याउन सक्ने विधेयक पारित गरेका छन् । इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर ६ वर्ष पुर्‍याउने, राष्ट्रपतिले थप दुई कार्यकालसम्म पदमा रहन पाउने तथा न्यायपालिकामा राष्ट्रपतिको अधिकार बढाउनका लागि संविधान संशोधनसम्बन्धी विधेयक पारित गरेका हुन् ।

यासो भएमा वर्तमान राष्ट्रपति अब्देल फताह अल सिसी सन् २०३४ सम्म इजिप्टको राष्ट्रपतिको पदमा रहनेछन् भने उनको शक्ति पनि ह्वात्तै बढ्नेछ । यससम्बन्धी विधेयकको पक्षमा संसाद्मा रहेका ५ सय ९६ मध्ये ४ सय ८५ विधायकले आफ्ना मत दिएको इजिप्टको संसद्का सभामुखले जनाएका छन् ।

यसपछि अब यो विधेयक संसदीय समितिमा पुनरावलोकनका लागि जाने र त्यसपछि फेरी संसदले पारित गरेपछि जनमत सङ्ग्रहबाट पारित भएमा व्यवहारमा लागू हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ८ : ०२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५