स्वास्थ्य मन्त्रालयलाई रकम खर्च गर्नै सकस, २३ प्रतिशत बजेट खर्च नभएर ‘फ्रिज’ | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयलाई रकम खर्च गर्नै सकस, २३ प्रतिशत बजेट खर्च नभएर ‘फ्रिज’


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको प्रमुख कारण बजेट अभाव भएको बताउँदै आएका छन् ।

स्वास्थ्य क्षेत्रमा सरकारले बजेट नै कम विनियोजन गरेकाले सरकारी स्वास्थ्यसंस्था र स्वास्थ्यक्षेत्रको अवस्थामा सुधार ल्याउन नसकिएको भन्दै स्वास्थ्यमन्त्री यादवले सार्वजनिक कार्यक्रमहरुमा अभिव्यक्ति दिँदै आएका छन् ।

तर, स्वास्थ्य क्षेत्रमा सुधार नहुनुमा बजेट अभावको कारण देखाउने स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा स्वास्थ्य क्षेत्रमा छुट्याइएकोमध्ये २३ प्रतिशत बजेट खर्च गर्नै सकेन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन गरिएको बजेटको खर्च ७७ प्रतिशत मात्रै छ ।

स्वास्थ्य मन्त्रालयसहित स्वास्थ्य सेवा विभाग, त्यस अन्तर्गतका महाशाखा तथा केन्द्रहरु, केन्द्रीय अस्पताल आदिमा विनियोजन भएको रकम ७७ प्रतिशत मात्रै खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय र त्यस मातहतका निकाय सहित ४६ वटा कार्यक्रम तथा आयोजनामा छुट्याएको बजेट पूर्ण रुपमा खर्च नभएको हो ।

विनियोजित बजेटमध्ये आधा पनि खर्च गर्न नसक्ने निकायहरु

स्वास्थ्यमन्त्रालयले विनियोजन गरेको बजेटमा सबैभन्दा कम खर्च भएको बजेट शीर्षक हो, एकिकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रम । यो आयोजनामा मन्त्रालयले २६ प्रतिशत रकम मात्रै खर्च गरेको छ । एकिकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रममा ७४ प्रतिशत बजेट खर्च नै हुन नसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

यस्तै, एकीकृत महिला स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य कार्यक्रममा पनि ३४ प्रतिशत बजेट मात्रै खर्च भएको छ । उक्त कार्यक्रममा विनियोजन भएको ६६ प्रतिशत खर्च नै नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

वार्षिक बजेटको ५० प्रतिशत रकम समेत खर्च गर्न नसक्ने अर्को निकाय हो राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र । तालिम केन्द्रका लागि छुट्याइएको बजेटको ३० प्रतिशत मात्रै खर्च भएको छ भने ७० प्रतिशत बजेट फ्रिज भएको छ ।

यस्तै आयुर्वेद विभाग, औषधि र उपकरण आपूर्तिमा विनियोजन भएको रकम पनि ५० प्रतिशत पनि खर्च नभएको पाइएको छ ।

आयुर्वेद विभागमा कुल बजेटको ४२ प्रतिशत मात्रै खर्च भएको छ भने औषधि र उपकरण आपूर्तिमा ४५ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।

४६ मध्ये १५ कार्यक्रममा पूर्ण बजेट खर्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजन भएको बजेट पूर्ण रुपमा खर्च गर्न नसक्ने विभाग, महाशाखा, केन्द्र तथा अस्पताल तथा कार्यक्रम ३१ वटा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य अनुसन्धान परिषद्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालले आफ्नालागि छुट्याएको सबै बजेट खर्च गरेका छन् ।

यस्तै, नेपाल आँखा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, शहिद गंगालाल हृदय केन्द्र, बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र लगायतले पनि विनियोजित बजेट पूर्णरुपमा खर्च गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

हेर्नुस् कुन कार्यक्रम तथा आयोजनामा कति बजेट खर्च भयो ?

 

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : ३३ बजे

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली

बागमतीका मुख्यमन्त्रीले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरू

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि

पहिरोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु– बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा