मोबाइल हरायो ? एक मिनेट मै यसरी पत्ता लगाउन सकिन्छ | Khabarhub Khabarhub

मोबाइल हरायो ? एक मिनेट मै यसरी पत्ता लगाउन सकिन्छ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अचेल सबैको हात–हातमा स्मार्ट फोन हुन्छ । स्मार्ट फोन बोक्नेहरुले आफ्नो मोबाइल हराएमा वा चोरी भएमा भेटाउन सकिने प्रबल सम्भावना रहन्छ ।

यसका लागि तपाई मोबाइल किन्नासाथ अर्थात हराउनुभन्दा अगावै आफ्नो मोबाइलमा भएको केही फङ्सनहरुको सेटिङ भने अवश्य मिलाउनुपर्छ ।

केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ । एन्ड्रोइड मोबाइलमा एक बिल्ट इन ट्र्याकिङ फिचर हुन्छ । यसलाई प्रयोग गरेर मोबाइलको लोकेसन पत्ता लगाउन सकिन्छ ।

जसका लागि तपाईले मोबाइलमा आफूले एक्टिभेट गरको गुगल एकाउन्ट खोल्नुस् । त्यसपछि यो लिंकमा google.com/android/devicemanager गएर हेर्नुस् ।

तपाईले जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले सहजै पत्ता लाग्छ ।

यसबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ । एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ । र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ ।

यसको विकल्पमा एबीजी, अवास्ट, क्यास्परस्काई, लुकआउट लगायतका एप्लिकेशनको पनि प्रयोग गर्न सकिन्छ । यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा हुन्छ ।

आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा हुन्छ । यो एपको नाम फाइन्ड माई फोन हो । यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ५० बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड