तपाईंलाई मन पराउने युवतीका यस्ता व्यवहार थाहा पाउनुहोस् « Khabarhub

तपाईंलाई मन पराउने युवतीका यस्ता व्यवहार थाहा पाउनुहोस्


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई कुनै युवती मन पर्‍यो तर ती युवतीले चाहीं तपाईंलाई मन पराएकी छिन् की छैनन् त ? यो कुरा थाहा पाउन धेरैलाई कठिन हुन सक्छ । तपाईंलाई थाहा नभएको अवस्थामा ती युवतीले तपाईंलाई मन पराए पनि तपाईंले प्रस्ताव गर्न सक्नुहुन्न । आज हामीले यहाँ केही प्रसङ्ग उल्लेख गरेका छौं । जुन प्रसङ्गबाट तपाईंलाई युवतीले मन पराएको या नपराएको कुरा थाहा पाउन सजिलो हुन्छ ।

कर्के नजरले हेर्नु : तपाईंलाई कुनै युवतीले घुरेर नभई कर्के नजरले हेर्न थालिन भने मान्नुस् ती युवतीले तपाईंलाई मन पराउन थालेकी छिन् । तपाईंले ती युवतीलाई हेर्दा अन्तै नजर फर्काउने तर तपाईंले अन्त हेर्ने वित्तिकै तपाईंलाई कर्के नजरले हेर्छिन् भने तपाईंलाई उसले मन पराउँछिन् भन्ने बुझ्नुस् ।

हाँस्नु या मुसुक्क मुस्कुराउनु : कुनै युवतीले तपाईंलाई देखेर सँधै मुसुक्क हाँस्ने या मुस्कुराउने गर्छिन् भने तपाईंले त्यसलाई सामान्य मात्रै नसोच्नुहोस् । यसले तपाईं प्रति ती युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत पनि गर्छ । किनकी कुनै पनि युवतीको पुरुष प्रति आकर्षीत भएको देखाउने हतियार भनेको मुसुक्क मुस्कुराउनु हो ।

हरेक कुरा याद राख्नु : कुनैपनि युवतीले तपाईंको हरेक कुरा याद राख्छिन् भने ती युवतीलाई तपाईंलाई मन पराउँछिन् भन्ने बुझ्नुपर्छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् भने तपाईंका क्रियाकलामा ध्यान दिने मात्र नभई विभिन्न बहानामा तपाईंलाई बारम्बार हेर्ने गर्छिन् ।

भेट्दा या बोल्दा अनुहार रातो हुनु : यदि कुनै युवतीले तपाईं भेट्दा या बोल्दा अनुहार रातो बनाउने या हड्बडाउँने गछिन् भने पनि बुझ्नुस ति युवतीको तपाईं प्रति रुची छ ।

लुकी–लुकी हेर्नु : कुनै युवतीले तपाईंलाई लुकिलुकि हेर्छिन् भने ती युवती तपाईं प्रति आकर्षीत छिन् भन्ने बुझ्नुहोस् र त्यही अनुसार अघि बढ्नुस् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १० : ३६ बजे

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख