शून्य लागतमा नेपाली कामदार ओमन लैजाने तयारी « Khabarhub

शून्य लागतमा नेपाली कामदार ओमन लैजाने तयारी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ ।

श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल र ओमनबीच पहिलो पटक श्रम सम्झौता हुँदैछ । सरकारीस्तरमा श्रम सम्झौता नभए पनि नेपाली कामदार रोजगारीका लागि ओमन गइरहेका छन् ।

एमओयुको लागी दुई चरणमा मस्यौदा आदानप्रदान भइसकेको र प्रविधिक कमिटिबीच पनि छलफल भइ सहमति जुटेको श्रम मन्त्रालयले जनाएको छ ।

गत जेठमा स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी सम्मेलनमा नै ओमनसगँ श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो । तर, नेपालका तर्फबाट राखिएका केही शर्तमा छलफल गर्नुपर्ने भएकाले ओमनको श्रम तथा संशाधन मन्त्रालयले जेनभामा राखिएको कार्यक्रम पछि सारेको थियो ।

नेपालले राखेका शर्त

नेपालले कामदारको मानवअधिकार, राहदानी राख्न पाउने अधिकार, कामदारको जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा हुनुपर्ने, बीमाले २४ सै घण्टाको जोखिम समेट्नुपर्ने, कामदार लिदाँ लाग्ने सम्पुर्ण खर्च रोजगारदाता देशले व्यहोर्नुपर्ने, ओहोरोदोहोर खर्च रोजगारदाताले तिर्नुपर्ने, कामदार बिरामी हुँदा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने, हप्तामा एक बिदा अनिवार्य हुनपर्ने जस्ता कामदारको पक्षका माग उठाएको थियो । नेपाल सरकारका तर्फबाट उठाइएका यी मागका विषयमा दुवै देश सहमति भएको मन्त्रालयले जनाएको छ ।

नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, श्रमिकको सुरक्षा, श्रमिकको मानव अधिकार, २४ घण्टे बीमा, न्यायमा सहज पहुँचलगायत विषयमा दुवै देशबीचका प्रविधिक कमिटिले सहमति गरिसकेका छन् ।

श्रम मन्त्रालय र ओमनको श्रम तथा संशाधन मन्त्रालयबीच दुई पटक छलफल तथा दुवै देशका प्रविधिक कमिटिको बैठक बसेर सहमति भएको मन्त्रालयले जनाएको छ । नेपाली कामदारलाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने सरकारले नीतिअनुसार ओमनसँग सहमति भएको श्रम मन्त्रालय वैदेशिक रोजगार महाशाखाका सहसचिव उमेश ढुगांनाले जानकारी दिए।

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अन्य रोजगारदाता देशसँगको श्रम सम्झौता अनुसार नै ओमनसँग पनि श्रम सम्झौता हुन लागेको ढुंगानाको भनाई छ । भदौमा तेसा्रे साता श्रम सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको सहसचिव ढुंगानाले बताए ।

ओमनमा नेपालीको माग बढदो

ओमनमा १५ हजार ९ सय ७० नेपाली कार्यरत छन् । जसमा ५ हजार ९ सय ३४ महिला छन् । झन्डै ९५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत रहेको ओमनस्थित नेपाली दूतावासले जनाएको छ । जसमा धेरै घरेलु महिला कामदार रहेका छन् ।

४५ लाख ८६ हजार जनसंख्या रहेको ओमनमा २४ लाख ८७ हजार श्रमिक छन् । जसमध्ये २१ लाख ६ हजार विदेशी कामदार कार्यरत छन् । सबैभन्दा बढी बंगलादेशी ७ लाख ४ हजार, भारतीय ६ लाख ८९ हजार र पाकिस्तानी २ लाख ३५ हजार कार्यरत छन् । पछिल्लो समय ओमानमा नेपाली कामदारको माग बढ्दै गएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ०१ बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।