ओली, प्रचण्ड र नेपालबीच ‘कुरा नमिल्दा’ नेकपा सचिवालय वैठक स्थगित « Khabarhub

ओली, प्रचण्ड र नेपालबीच ‘कुरा नमिल्दा’ नेकपा सचिवालय वैठक स्थगित


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

विभिन्न विभागका विषयमा अध्यक्ष ओली तथा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा बुधबारको सचिवालय बैठक स्थगित भएको हो ।

खासगरी स्कूल विभागका विषयमा विवाद रहेको नेकपा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार स्कूल विभागका विषयमा पूर्व माओवादी पक्षधर लचिलो भएपनि पूर्व एमाले पक्षका नेताहरुबीच मै विवाद देखिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य झलनाथ खनाललाई स्कूल विभाग प्रमुखमा सिफारिस गरेका थिए । तर, पूर्व एमाले पक्षधरहरु भने नेता खनाललाई स्कूल विभाग दिने विषयमै विवादित छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको