मलेसियाको आममाफी कार्यक्रमबाट २० नेपाली स्वदेश फर्किए « Khabarhub

मलेसियाको आममाफी कार्यक्रमबाट २० नेपाली स्वदेश फर्किए


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले दिएको आममाफी कार्यक्रम ‘द ब्याक फर गुड’मा सहभागी भएर २० जना स्वदेश फर्किएका छन् ।

मलेसियास्थित नेपाल दूतावासले अगष्टबाट शुरु भएको यो कार्यक्रममा सहभागी भएका २० जनालाई घर फर्किन आवश्यक कागतजागत मिलाएर पठाएको जानकारी दिएको छ ।

उनीहरु मंगलबार स्वदेश फर्किएको दूतावासले जानकारी दियो । मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि लागू हुनेगरी ‘द ब्याक फर गुड’ कार्यक्रम शुरु गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत ७ सय रिंगिट (करिब २० हजार रुपैयाँ) जरिवाना तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने छ ।

आममाफीको समयावधी अगष्ट १ देखि डिसेम्बर ३१ सम्म ४ महिना रहेको छ ।

मलेसिया रोजगारीमा गई करार अवधि सकिएपछि पनि रोजगारदाता कम्पनीमा शरण लिएर बसेका कागजपत्रबिहीन विदेशी कामदारलाई स्वदेश फर्किने मौका त्यहाँको सरकारले दिएको छ ।

यो कार्यक्रमा गएको २ हप्तामा २ हजारभन्दा धेरै विदेशी कामदार सहभागी भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  २ : १७ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको