११ वटा वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने पक्राउ « Khabarhub

११ वटा वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने पक्राउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–  पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा कार्यालयहरुमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विगत १४ महिनादेखि वडा कार्यालयहरुमा चोरीका घटना अत्याधिक वृद्धि भएपछि प्रहरीले विशेष अनुसन्धान थालेको थियो । यही क्रममा वडा कार्यालयहरुका ल्यापटप, कम्प्युटरलगायतका सामाग्री चारी गर्ने काठमाडौं महानगरपालिका–११ घर भई हाल पोखरा–१० कालिचोकमा डेरा गरी बस्ने ५१ वर्षिय किशोर थापा पक्राउ परेका हुन् ।

उनीसँगै चोरेका सामान विक्री वितरण गर्ने जिल्ला मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल काठमाडौं–१४ कलंकीमा कम्प्यूटर पसल गर्दै आएका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरिएको छ ।

यही साउन २६ गते खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ शहिदचोकमा थापालाई शंका लागि पक्राउ गरेको थियो । पक्राउ परेका थापाले सोधपुछका क्रममा विभिन्न वडा कार्यालयहरुमा चोरी गरेको स्वीकार गरेको र काठमाडौं लगेर बिक्री गर्ने गरेको बयान दिएका थिए ।

थापाकै बयानका आधारमा प्रहरीले कलंकीस्थित कम्प्यूटर सोलुसनका सञ्चालक गोपालीलाई चोरी भएका सामानहरुसहित साउन २७ गते पक्राउ गरेको थियो ।


यसै क्रममा थापा बस्ने पोखरास्थित कोठाबाट प्रहरीले ल्यापटप, क्यामेरा, चोरी कार्यमा प्रयोग गरिने विभिन्न औजार साथै लागू औषध ब्राउन सुगर २.३६ ग्राम पनि बरामद गरेको छ । साथै कम्प्युटर सोलुसनका सञ्चालक गोपालीको पसलबाट प्रहरीले १७ थान कम्प्युटरको मोनिटर, ९ थान सीपीयु र ३ थान ल्यापटप बरामद गरी दुवै जना उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा २०७५ जेठ ३ गते पहिलो पटक चोरी भएको थियो । त्यसपछि लगातार अन्य वडा कार्यालयमा त्यस्तै प्रकृतिको चोरीको घटना भएका थिए ।

पछिल्लोपटक भने साउन २१ गते वडा नम्बर ६ को कार्यालयमा चोरी भएको प्रहरीले जनाएको छ । यसरी चोरी हुने अन्य वडा कार्यालयमा ५, १३, १४, १५, १६, १९, २५, २९ र ३१ रहेका छन् ।

लामो समयदेखि पोखरा महानगरपालिकाका बिभिन्न ११ वटा वडा कार्यालयहरुमा चोरीका घटनामा बढेसंगै कास्की प्रहरीले छुट्टै विशेष प्रहरी टोली खटाई घटनाको सुक्ष्म अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्ति तथा समूहको खोजतलास साथै चोरी भएका सामानहरु बिक्री बितरण तथा बनाउने पसलहरु समेतमा समन्वय गरी चोरी गर्ने ब्यक्ति तथा समूहको खोजी कार्यका लागि परिचालन गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ४ : ०८ बजे

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म

काठमाडौं- मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार,

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम